८ वैशाख २०८१ शनिबार
समाज

शिवालय–सन्दकपुर सडकको पहिलो खण्ड कालोपत्रे हुने

शिवालय– सन्दकपुर खण्डको सडक खण्डमा कच्ची हुँदा भएको अवरोध। फाइल तस्बिर

पाँचथर–सदरमुकाम फिदिमदेखि रानीटार–लुङरुपा–गोरुवाले हुदै सन्दकपुर जोड्ने सडकको पहिलो खण्ड कालापत्रे हुने भएको छ। १ नम्बर प्रदेश सरकारले यो सडकलाई कालोपत्रे गर्नका लागि प्रक्रिया अघि बढाएको छ। करिव ८ किलोमीटर सडक कालोपत्रे गर्नका लागि मंगलवार टेण्डर खुलेको छ। फिदिमदेखि कालोपत्रे गर्ने गरी टेण्डर खुलेको हो।

प्रदेशको प्राथमिकता आयोजना कार्यान्वयन इकाई मार्फत काम अघि बढाइएको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङेबोले जानकारी दिए। उनका अनुसार क्रमशः सन्दकपुरसम्मै कालोपत्रे गर्ने गरी योजना समेत बनाइएको छ। पर्यटकीय गन्तव्य सन्दकपुर जोड्ने यो सडकको लक्ष्य रहेको छ। पहिलो खण्डमा फिदिम–१ र फिदिम– ७ को केहि भागमा कालोपत्रेको काम हुने जानकारी दिइएको छ। फिदिमदेखि गोरुवालेसम्म ३९ किलोमीटर रहेको छ। गोरुवालेदेखि सन्दकपुरसम्मको सडक सर्वे हुनबाँकी छ। यो खण्ड निक्कै पुरानो सडक खण्डको रुपमा रहेको छ। बाँकी ३/४ बर्षमा सन्दकपुरसम्मकै कालोपत्रेको काम अघि बढाउने तयारी भएको मन्त्री आङ्बोले जानकारी दिए। बाँकी खण्डको डिपिआर बन्दै गरेकाले आगामी बर्षदेखि ठेक्का खुलेर काम अघि बढ्ने उनले बताए।

यो सडक कालोपत्रे हुने खवरले स्थानीयबासि खुसि भएका छन्। लामो समयदेखि अपेक्षा राखिएको यो सडक कालोपत्रेकालागि टेण्डर खुलेपछि स्थानीय स्तरमाखुसि छाएको रानीटारको नाङ्लापाका वीरेन्द्र बाँस्कोटाले बताए। ३८ करोडको हाराहारीमा ठेक्का खुलेको छ। फिदिमको शिवालयदेखि कार्तिके, नाम्दुखोला, नाङलापा, लुङरुपाहुदै सन्दकपुर जोडीन्छ। यो सडकले सीमा क्षेत्रलाई पनि छुन्छ। यो सडक कालोपत्रे भएपछि कृषिउपजको निकासी, यातायातमा सहजता तथा पर्यटन प्रवद्र्धन हुने अपेक्षा राखिएको छ। दुई बर्षमा पहिलो खण्ड सक्ने योजना रहेको छ।

 

प्रकाशित: २० कार्तिक २०७६ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App