coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुख परियारले गरे पदभार ग्रहण

धनुषा- प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले पदभार ग्रहण गरेका छन्। बुधबार विहान जनकपुर आइपुगेका प्रमुख परियारले प्रदेश सरकाको मधेश भवन पुगेर पदभार सम्हाले।

प्रदेश प्रमुख परियारले सञ्चारकर्मीसँग बोल्दै सरकारसँग मिलेर अघि बढ्ने बताउँदै पारित भएको विधेयक अध्ययन गरी प्रमाणित गर्ने बताए। ‘अब शान्ति र अमनचयनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको छ,’उनले भने,‘सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्छु।’

परियारले पदको आत्मसमीक्षा गर्दै आफू एउटा पार्टीबाट नियुक्त भएपनि अब कुनै पार्टी विशेषको व्यक्ति नभएको प्रष्ट्याए। ‘अब म समग्र देशको मान्छे हुँ,’ उनले भने, ‘कुनै पार्टीको मान्छे होइन। अब समग्र देशका लागि काम गर्छु।’

प्रमुख परियारलाई समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत र नेकपाका नेता तथा कार्यकर्ता जनकपुर विमानस्थल पुगेर स्वागत गरेका थिए।

उपप्रधानमन्त्री यादव काठमाडौं जान लागेका बेला विमानस्थलको विशिष्ट कक्षमा भेट गरेर परियारलाई स्वागत गरेको थिए।

प्रकाशित: २० कार्तिक २०७६ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App