coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टिपरले लियो मोटरसाइकल चालकको ज्यान

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्ग स्थित कालिञ्जोर खोलाको पुलमा बुधबार टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ गईरहेको ना. ८ ख ६२७० नम्वरको टिफरले नगरपालिका–१७ स्थित कालिन्जोर पुलमा विपरित दिशाबाट आईरहेको ना। ४६ प २५८२ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट मोटरसाईकल चलाइरहेका ईश्वरपुर नगरपालिका–१४ निवासी २६ वर्षीय दिपेन महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । महतो लालबन्दी बजारमा बिक्री गर्न मोटरसाइकलमा तरकारी राखेर आइरहेका थिए ।

ठक्कर दिने टिपर र चालक नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

प्रकाशित: २० कार्तिक २०७६ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App