त्रिविमा शल्यक्रियाको अपेक्षा

बुधबार, २० कार्तिक २०७६, ११ : १७ नागरिक

प्रकाश सिलवाल

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएको खबर सुन्नेबित्तिकै दिमागमा करिब १० वर्षअघि श्रीमतीको घाँटीको ‘टन्सिल’ को उपचार गरिएको दिनको झझल्को आयो। शल्यक्रिया गर्न बागबजारस्थित ‘इएनटी’ अस्पतालमा हाँसीहाँसी पुगेकी उनी भर्नापछि आत्तिएकी थिइन् तर नाक, कान र घाँटी विशेषज्ञ मदनकुमार दाहालले सहज व्यवहार (परामर्श) दिएपछि राहत मिलेको थियो। पछि फलोअपमा जाँदा डा दाहालले दिएको परामर्शलाई ध्यान दिँदा स्वास्थ्य सुधार भएको त्यस अवस्थालाई उपकुलपतिको नियुक्तिका दिन पुनःस्मरण भयो।

व्यक्तिगतरूपमा चिनजान नभएकाले डा. बाँस्कोटाको व्यक्तित्व अध्ययन गरिरहँदा घाँटी उपचारको यो प्रत्यक्ष अनुभव प्राप्त म नाक, कान र घाँटीका समस्यालाई त्रिविको सिङ्गो संरचना र यसका समस्यासँग सरसर्ती दाँज्न पुगेँ। हेर्दै जाँदा नाक, कान र घाँटी विशेषज्ञ डा. शाश्वत कटवालको एउटा भिडियो फेला प-यो। डा शाश्वतले नाथ्री फुटेर रगत आएमा के गर्ने भन्नेबारे सुझाउँदै भनेका छन्– जाडोमा सुक्खा वा उच्च रक्तचापका कारण नाकबाट रगत बग्न सक्ने भएकाले त्यस्तो स्थितिमा तत्काल पाँचदेखि सात मिनेटसम्म नाक पक्रेर निहुरेर बस्नुपर्छ।

प्रायः सधैँ निहुरिएको देखिने त्रिविका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीको शिर नयाँ नेतृत्वसँगै ठाडो हुन सक्ला ? यो प्रश्न अब बिस्तारै डा. बाँस्कोटातिर सोझिनेछ।

प्रायः सधैँ निहुरिएको देखिने त्रिविका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीको शिर नयाँ नेतृत्वसँगै ठाडो हुन सक्ला ? यो प्रश्न अब बिस्तारै डा. बाँस्कोटातिर सोझिनेछ।

कानको बिरामीबारे मेरो व्यक्तिगत अनुभव पर्याप्त नभए पनि एकपटक राति सुतेको बेला कानमा कन्सुत्लो पसेर हैरान पारेको थियो। तेल हालेर कान कोट्याएर यताउता गरेपछि केही समयपछि कानभित्रै मर्न पुगेको कनसुत्लो बाहिर निकालियो र आनन्द भयो। नत्र मेरो कानको शल्यक्रियाको विकल्प थिएन। त्यसपछि ममा नयाँ नेतृत्वलाई सोध्न मन लाग्ने अर्काे प्रश्न उब्जियो– हाम्रो जेठो विश्वविद्यालयको कानमा पसेको कन्सुत्लो सहजै बाहिर निस्कला ?

शरीरका महत्वपूर्ण अङ्गमध्ये नाक, कान र घाँटीमा कुनै समस्या भएमा मान्छेले केही पनि गर्न नसक्ने भएजस्तै कुनै पनि संस्थाको जीवनमा यसलाई जोडेर हेर्न त्रिविका उपकुलपतिको यो नियुक्तिले मुख्य सन्दर्भको काम गरेको छ। वर्तमानमा त्रिविको नाक (छवि) बचाउने चुनौतीमात्रै छैन, यो घाँटीमा माछा अड्किएझैँ बोल्न नसक्ने भएको छ भने राम्रा सुझाव र गुनासो सुन्न नसक्ने भएको छ।

मुलुकका ११ मध्ये ठूलो विश्वविद्यालय त्रिविले उच्च शिक्षाको ८० प्रतिशत विद्यार्थीको हिस्सा ओगट्दै आएको छ। विश्वका उत्कृष्टमध्ये एक हजार र एसियामा उत्कृष्ट तीन सयभित्र परेको त्रिविको समग्र छवि पछिल्लो समयमा धूमिल भएकै हो। त्रिवि सेवा आयोगका पदाधिकारीले आफन्तलाई बढी प्राप्तङ्क दिएर जागिर खुवाएको, परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीले अनुत्तीर्णलाई उत्कृष्ट बनाएको, पदाधिकारीबीचको छुद्र आरोप÷प्रत्यारोप, अति राजनीतीकरण, गुणस्तरमा ह्रास, अनुसन्धानमा न्यून प्राथमिकता, शैक्षिक क्यालेन्डरको (अ) पालना, शिक्षक (प्राध्यापक) त्रिविको कक्षा छाडेर बाहिर निजी कलेजमा अध्यापन गर्न गएको, त्रिवि केन्द्रीय कार्यालयमा आवश्यकताभन्दा बढी भत्ता वितरण भएको, समग्रमा जनशक्ति, स्रोत साधन र प्राज्ञिक मर्यादाका लागि अनेक समस्या यसले झेलिरहेको छ।

निवर्तमान उपकुलपति डा. तीर्थराज खनियाँको कार्यकाल सकिँदै गर्दा त्रिविको दीर्घकालीन भिजनपत्र तयार नभएको होइन तर डा. खनियाँकै बारेमा अनेक टिकाटिप्पणी र प्रतिलिपि अधिकार दुरुपयोगको आरोपले त्रिविको साख नगुमेको होइन। खनियाँको नेतृत्वमा भएका ‘केडिट ट्रान्सफर’ र ‘प्रोफेसर इमिरेट्स’ को थालनी, विश्वका विभिन्न विश्वविद्यालयसँग प्राज्ञिक र भौतिक सहयोग आदान–प्रदानको सम्झौता, पनिकामा नयाँ सफ्टवेयर स्थापना, त्रिविको सम्पत्ति लेखाजोखा, त्रिविको इतिहास प्रकाशन, केही नयाँ शैक्षिक कार्यक्रमको थालनी जस्ता पहललाई डा. बाँस्कोटाले निरन्तरता देलान् कि नदेलान् ? समयले बताउला।

त्रिविभित्रकै वर्तमान र पूर्वपदाधिकारी, प्राध्यापक तथा कर्मचारीले यस्ता विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। तिनले सचेत नागरिकको कर्तव्यका हिसाबले पनि यस्ता विषय बाहिर ल्याएका छन् कतिपयले राजनीतिक पूर्वाग्रह वा आफ्ना स्वार्थका कारणले पनि त्रिविको नाकलाई सडकमा ल्याएका छन्।

नाक, कान र घाँटी विशेषज्ञ डा. बाँस्कोटाले बहालीको पहिलो दिन व्यवस्थापनमा पारदर्शिता र निष्पक्षता अपनाउँदै शैक्षिक गुणस्तर मापनका लागि स्पष्ट मापदण्ड तर्जुमा गर्ने सङ्कल्प गरेर त्रिविभित्रका विकृतियुक्त पात्रहरुलाई प्रहार गरेका छन्। वि.सं. २०३६ वैशाख २६ गते सहायक प्रशिक्षकबाट त्रिवि सेवामा प्रवेश गरेका डा. बास्कोटा वि.सं. २०६६ देखि प्राध्यापकमा बढुवा भएका थिए। शिक्षण अस्पतालको विभागीय अनुभव पनि उनीसँग छ।

व्यवस्थापनका क्षेत्रमा ‘यार्ड स्टिक’ एक विश्वव्यापी रणनीतिक मापदण्डको आधारका रूपमा लिइन्छ। यसले व्यवस्थापन र कार्यकारीमा रहेका व्यक्तिलाई परामर्श दिइ परिणामलाई ध्यानमा राख्ने मानिन्छ। वि.सं. २०१६ मा स्थापित त्रिवि भर्नाका दृष्टिले विश्वकै दसौँ ठूलोमा पर्छ, यो यसको बृहत् परिचय हो तर यसवापत् त्रिविमा किन विश्वका विद्यार्थीहरूको आकर्षण बढेन ? विभिन्न संकायमा गरी २ हजार ७९ स्नातक र २ हजार स्नातकोत्तरका कार्यक्रम सञ्चालन हुनु चानचुने होइन। कुल ६० वटा आङ्गिक र १ हजार ८४ सम्बन्धन प्राप्त क्याम्पस भएको यो विश्वविद्यालयले सुलभ र सहजरूपमा दिँदै आएको शिक्षा आममध्यम र विपन्न समुदायका विद्यार्थीका लागि जीवनको रूपान्तरणकारी मोड हुन सक्नुपर्छ।

विभिन्न संकायमा गरी ७ हजार ४९ र अन्य ५ हजार ६ सय ७ कर्मचारी रहेको यो विश्वविद्यालयमा गत २०७६ असार २५ मा भएको ६० औँ वार्षिक दिवस बैठकले तोकिएको आवश्यकता पूरा गरी स्नातक, पिजिडिपिएस, स्नातकोत्तर, एमफिल र विद्यावारिधि परीक्षामा उत्तीर्ण गरेका ७० हजार ७७ विद्यार्थीको ५७ औँ ग्रेस लिस्ट पारित गरेको थियो। मुलुकले प्राविधिक र व्यावसायिक धारलाई प्राथमिकता दिने भनिरहेका बेला त्रिविमा यही धारमा विद्यार्थी न्यून छन्। रोचक कुरा डा. बाँस्कोटाले पढेर आएको चिकित्सा शिक्षा संकायमा कुल विद्यार्थीको २ दशमलव ५ प्रतिशत विद्यार्थी छन्।

नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा रहँदा त्यस क्षेत्रमा विधि र मापदण्ड स्थापनावापत स्याबासी पाएका विशेषज्ञ डा बाँस्कोटाले त्रिविलाई निष्पक्षता, सामूहिक कार्य, अनुशासन, जवाफदेहिता र कर्तव्यपरायणता त्यही कार्यशैलीबाट नेतृत्व गर्न सके उच्च शिक्षाका नाममा भइरहेको निजीकरण, व्यापारीकरण र पुँजी पलायन रोक्न सफल शल्यक्रिया सावित हुनेछ।






यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

नेपालको एक अग्रणी सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एन.एस.क्वालिटी अवार्डबाट...

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

आगामी मंसिर ३ र ४ गते हुने ‘हजार महिला कार्यक्रम’ले नेपालमा बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने अपेक्षा राखिएको छ। ...

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकले ‘एनएमबि पूर्व–स्वीकृत आवास कर्जा’ सुरु गरेको छ । ...

स्कुललाई कुमारी बैंकको सहयोग

स्कुललाई कुमारी बैंकको सहयोग

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । ...

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले धितोमा आधारित लघुउद्यम कर्जा लगानी सम्वन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । ...

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौं हप्ताको विजेता घोषित भएका छन् । ...

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

नेपालको बृहत् अनलाइन सपिङ साइट दराजले संसारकै सबैभन्दा ठूलो सेल ११.११ सफलतापूर्वक पूरा गरेको जनाएको छ । ...

Ncell Footer Ad