coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मेक्सिकोमा पाँच अमेरिकीको हत्या

मेक्सिको सिटी (बिबिसी) – शंकास्पद लागूऔषध कारोबारी बन्दुकधारीहरुको आक्रमणमा परी उत्तरी मेक्सिकोमा कम्तीमा पाँच अमेरिकीको मृत्यु भएको छ।

मारिनेमा एक अमेरिकी आमा र उनका चार बालिबालिका रहेको बिबिसीले उल्लेख गरेको छ। बन्दुकधारीको आक्रमणमा परेका भनिएका पीडितहरु एक धार्मिक समुदायको मानिस भएको समेत बताइएको छ। उनीहरु कैयौं दशकअघि मेक्सिकोमा बसाइँ सरेका थिए।

घटनाबारे सार्वजनिक भएको भिडियोमा एउटा जलिरहेको कार देखिएको छ। केही पीडितलाई कारभित्रै राखेर जिउँदै जलाइएको हुनसक्ने अनुमान गरिएको छ भने केही मानिस अझै हराइरहेको अधिकारीहरुले बताएका छन्। स्थानीय समाचारमाध्यमले आक्रमण पहिचान गर्नमा कमजोरी भएको कारण भएको हुनसक्ने जनाएका छन्।

मारिएका परिवारका सदस्यलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार तीन आमा र उनीहरुका १४ सन्तान कारको लस्करमा मेक्सिकोको सोनोरा राज्यको बाभिस्पीबाट ला मोरातर्फ गइरहेको बेला आक्रमणमा परेका थिए। सो राज्य चिहुवाहुवाको छिमेकी राज्य हो।

घटनाबारे सार्वजनिक भएको भिडियोमा एउटा जलिरहेको कार देखिएको छ। केही पीडितलाई कारभित्रै राखेर जिउँदै जलाइएको हुनसक्ने अनुमान गरिएको छ भने केही मानिस अझै हराइरहेको अधिकारीहरुले बताएका छन्।

उनीहरु बाभिस्पीमा बन्दुकधारीको एम्बुसमा परेका थिए। केही समयपछि पीडितको अवशेषसहित जलेको अवस्थामा एसयुभी गाडी सडक किनारामा भेटिएको थियो।

एसयुभी गाडीभित्र रोनिता मिल्लर लिब्यारन र उनका ६ महिने जुम्ल्याहा शिशुसहित आठ र १० वर्षका दुई गरी चार बालबालिका रहेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

अन्य दुई महिला र १० बालबालिका भाग्न खोज्दा बन्दुकधारीले गोली प्रहार गरेको बताइएको छ। केही सञ्चारमाध्यमका अनुसार सो स्थानभन्दा पर अन्य केही मृतक पनि भेटिएका छन्। यद्यपि बन्दुकधारीबाट भागेका धार्मिक समुदायका परिवारका सदस्य भने  जीवितै रहेको बताइएको छ।

चिहुवाहुवाका राज्य न्यायाधिवक्ताले बताएअनुसार आक्रमणमा मारिनेको संख्या अझै पनि ‘प्रष्ट भइनसकेको’ बताएका छन्। उनका अनुसार पीडितका पारिवारिक स्रोतले आक्रमणमा परी नौजनाको मृत्यु भएको बताइरहेको बेला स्थानीय सञ्चारमाध्यमले भने १२ जनाभन्दा बढी मारिएको समाचार सम्प्रेषण गरिरहेका छन्।

रोनिता मिल्लर लिब्यारनका भतिज जुलियन लिब्यारनले घटनालाई ‘नरसंहार’ को संज्ञा दिएका छन्। यो आक्रमण दुई राज्यबीच संचालित हुने लागूऔषध कारोबारीले गरेको हुनसक्ने अनुमान गरिएको छ।

चिहुवाहुवा र सोनोरा दुई राज्य सरकारले एक संयुक्त विज्ञप्ति जारी गरी आक्रमणबारे छानबिन सुरु गरिएको बताउँदै आक्रमण भएको क्षेत्रमा थप सुरक्षा बल पठाइएको जिकिर गरेका छन्।

प्रकाशित: २० कार्तिक २०७६ ०४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App