१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अतिक्रमित संरचना हटाउने क्रममा घर मालिकको मृत्यु

बर्दिया – सडक बिस्तारकाे लागि अतिक्रमित संरचना हटाउने क्रममा घर मालिकको ज्यान गएको छ।

गुलारिया वडा नं. ७ स्थित दुर्गा गेष्ट हाउसको संरचना हटाउने क्रममा सोही गेष्ट हाउसका मालिक ६५ वर्षीय भवि प्रसाद पौडेलको ज्यान गएको हो। पौडेलको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा बढैयाताल ९ निवासी शक्तिनगर बस्ने मनक्रम थारु र सोही ठाउँका नवराज चौधरी रहेका छन्।

थारूकाे टाउकाेसहित दुवै खुट्टामा चोट लागेकाे छ भने चौधरीको खुट्टामा चोट लागकाे छ। घाइतेहरुको बर्दिया जिल्ला अस्पताल गुलारियामा उपचार भइरहेको छ। उपचारमा डाक्टर विजय उपाध्यायको टोली संलग्न रहेकाे छ।

प्रकाशित: २० कार्तिक २०७६ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App