काठमाडौं- एकीकरण प्रक्रियामा जुटेका नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालले कार्यगत एकता गर्ने भएका छन्। संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आन्दोलनमा कार्यगत एकता गर्न आइतबार दुई पार्टीका नेताबीच कुराकानी भएको बताए। 'आन्दोलनमा कार्यगत एकता गर्न नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच वार्ता भएको हो। समान मुद्दामा कार्यगत एकता गरेर जाने सहमति भएको छ', श्रेष्ठले भने।
श्रेष्ठले संघीय गठबन्धन विस्तार गर्ने तयारी भइरहेको पनि बताए। अरु नयाँ पार्टी पनि गठबन्धनमा थपिन सक्ने उनले बताए।
प्रकाशित: २० मंसिर २०७३ ०२:३३ सोमबार