८ वैशाख २०८१ शनिबार
समाज

कञ्चनपुरमा हात्ती आतंकः तीन वर्षमा तीन जनाको मृत्यु

महेन्द्रनगर- पछिल्ला केहि महिनायता कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा हात्तीले आतंक मच्चाएको छ। किसानको धानबाली भित्र्याउने समयदेखि जिल्लामा जंगली हात्तीको झुण्डले कतिपय स्थानमा क्षती गर्दै आएका छन्। बालीनाली मात्रै नभएर मानविय क्षती समेत भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको संरक्षित क्षेत्रबाट आउने मौषमी हात्तीले यहाँ क्षती गर्दै गएका छन्। मध्यवर्ती क्षेत्र मात्रै नभएर चुरेसम्म आउजाउ गर्ने हात्तीको झुण्डले स्थानीय बासिन्दाको निन्द्रा नै भगं गरेको छ।

गत असोज महिनाको २९ गते जंगली हात्तीको आक्रमणमा परि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१ बन्साहका ६५ बर्षिय बृद्ध वलदेव बोहराको मृत्यु भयो। बोहरालाई आक्रमण गरेको महिना दिन नबित्दै फेरी जंगली हात्तीले कञ्चनपुरकी एक महिलामाथि आक्रमण भएको छ। सोमबार दिउँसो बेदकोट नगरपालिका –१ हात्तीथला गाउँकी ४५ बर्षिय जानकी धामीमाथी हात्तीले आक्रमण गरेको छ। हात्तीको आक्रमणमा परि जानकी भाग्यले बाँचेकी छिन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्र्तरगतको बैजनाथ मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा जंगल गएकी जानकीमाथि हात्तीले आक्रमण गरेको हो। उनको दायाँ खुट्टा हात्तीले कुल्चिएको छ।

बैजनाथ मध्यमर्ती सामुदायिक वनका कोषाध्यक्ष गणेश बहादुर धामीले ५÷७ को संख्यामा आएका हात्तीको बथानले जानकीको खुट्टा कुल्चेको बताए। कोषाध्यक्ष धामीका अनुसार घाइते जानकीको घुडादेखि पुरै टुटेको छ। ‘दायाँ खुट्टाको घुँडादेखि तल टुटेको छ, कोषाध्यक्ष धामीले भने, ‘जानकी भाग्यले बाँचिन्।’

बैजनाथ सामुदायिक वनले खर काट्न खोलेपछि जानकीसँगै अन्य गाउँका महिलासमेत त्यही हुँदा होहल्ला गरेपछि हात्तीको बथान अन्यन्त्र भागेको थियो। जानकीलाई सिधै उपचारका लागि घटनास्थलदेखि महाकाली अस्पताल पु¥याईएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्य ठाउँको लगिएको थियो।

तीन वर्षको अवधिमा कञ्चनपुरमा हात्तीको आक्रमणमा तीन जनाको मृत्यु भएको छ। भारतीय नेशनल पार्कबाट अन्नबालीका समयमा आउने हात्तीको आक्रमणमा परि तीन वर्षको अवधिमा एक महिला सहित दुई पुरुषले ज्यान गुमाउनु परेका छन्।

हात्तीको आक्र्रमणबाट तीन वर्षअघि पुनर्वास नगरपालिका–१ विचफाँटाका ६० वर्षीय मानबहादुर सुनार र बेलौरी नगरपालिका–५ बन्दरियाकी २७ वर्षीय सुन्तली चौधरीको मृत्यु भएको थियो।

सुनारको माघ महिनामा भारततिर गईरहेको अवस्थामा आमनेसामने भएको थियो। भने सुन्तलीको साइकलमा घर तर्फ गईरहेको अवस्थामा चाँन्देव क्षेत्रमा हात्तीले आक्र्रमण गरेको थियो। तीन वर्ष अघि दुई महिनाको अन्तरालमा आक्र्रमण गरेको हात्तीले त्यस यता अन्नबाली र घरमा क्षति पु¥याएको थियो।

नजिकैको जंगलमा बाख्रा चराउन गएका शुक्लाफाँटा नगरपालिका–१ बन्साह चौधरी टोलका ६५ वर्षीय वृद्ध वलदेव बोहरामाथि आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ। सँगैको दौतरी ३६ वर्षीय नारायण सार्की भने घाइते भएकी छिन्। 

हात्तीको कोरिडोर र हात्तीबाट बाँच्नका लागि दिर्घकालिन योजना अघि नहुँदा हात्तीले वर्षेनी मानविय एव भौतिक क्षति गरिरहेको छ। हात्ती बाहिरिने क्रमले मध्यवर्ती क्षेत्रका किसानलाई बालीनाली जोगाउन हम्मे छ।

प्रकाशित: १९ कार्तिक २०७६ ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App