काठमाडौं- पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ।
छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ८ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। सोमबार छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले घटेको छ। महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। सोमबार तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो। यसैगरी चाँदीको मुल्यमा पनि प्रतितोला ५ रुपैयाँले घटेको छ।
आज स्थानीय बजारमा चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। रासस
प्रकाशित: १९ कार्तिक २०७६ ०८:४८ मंगलबार