coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्थाई शिक्षक नियुक्ति प्रकृयामा आर्थिक चलखेल हुन नदिन ज्ञापन पत्र

डोल्पा- स्थाई शिक्षक नियुक्ति प्रकृयामा आर्थिक चलखेल नहोस भनेर जिल्लामा रहेका शिक्षक संगठनहरुले ५ बुदें माग सहित शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। एकिकृत नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघले शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिंहराज डाँगीलाई ज्ञापन पत्र बुझाएका हुन्।

शिक्षक सेवा आयोगको खुला विज्ञापनबाट तहको स्थायी नियुक्ति तथा पदस्थापनामा खुला महिला अपाङ्ग गरेर ६७ जना शिक्षक सेवाबाट सिफरिस भएका छन्। विगतका वर्षहरुमा स्थायी नियुक्ति तथा पदस्थापन गर्दा ठुलो आर्थिक चलखेल हुने गरेको बताउदै यो पटक त्यस्तो नहोस् र स्थायी शिक्षक पदस्थापन गर्दा कार्यरत शिक्षकहरुको कान्छो नियुक्तिबाट सेवा अवकास हुनु पर्ने ज्ञापन पत्रमा उललेख छ।

यसैगरि जिल्लामा कार्यरत स्थायी शिक्षकहरुको विद्यालयगत नामावली विवरण, अस्थाई करार शिक्षकहरुको विद्यालय र नियुक्ति मिति सहितको विवरण विभिन्न पालिकागत र विद्यालयगत रुपमा हाल रिक्त रहेको दरबन्दि विवरण शिक्षक सेवा आयोगबाट सिफारिस भई आएको योग्यता सहितको विवरण र २०७६ कार्तिक ७ गतेको सुचना प्रकाशन पछि खुलाको पदस्थापन हुँदासम्म सम्बन्धित शिक्षकहरु र स्थानीय तहको दोहोरो सहमती बिना सरुवा नगर्न नगराउन समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

शिक्षा समन्वय इकाई प्रमुख सिंगराज डाँगीले संगठनहरुको माग अनुसार नै सबै सुचना र विवरण सहित संगठनहरुलाई बुझाएको बताए। उनले भने, 'कतै स्थाई शिक्षकको नियुक्ति र पदस्थापन गर्दा कतै मनपरि हुन्छ कि भनेर साथीहरुले मागसहितको ज्ञापन पत्र दिनु भयो यसले झनै आफुलाई काम गर्न सहज भएको छ।'

शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका ६७ जना स्थायी शिक्षक पदस्थापन गर्दा कार्यरत शिक्षकलाई कान्छो नियुक्तिबाट हटाउदा भने ३४ जनाले सेवाबाट हट्ने पनि डाँगीले बताए। नेपाल राष्ट्रिय शिक्षक संगठन डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले स्थायी शिक्षकलाई पदस्थापन गर्दा कार्यरत अस्थाई शिक्षक हटाउदा मनपरि हुने देखिएकोले कोही कसैलाई अन्याय नहोस् प्रकृया पार्दशि होस् भनेर आफुहरुले ज्ञापनपत्र दिएको नागरिकलाई बताए।

शिक्षा विकास तथा समन्वय इकाइले जिल्लामा विभिन्न विद्यालयमा अस्थाई करार र राहत गरि ८६ जना शिक्षकहरु कार्यरत रहेको जनाएको छ। शिक्षा समन्वय इकाई कार्यालयका अनुसार कान्छो नियुक्तिका आधारमा ०७६ देखि सेवा गणना गर्दा ०७५ बैशाख ५ गते सम्म नियुक्ति भएका ३४ जना शिक्षक सेवाबाट हट्ने छन्।

प्रकाशित: १९ कार्तिक २०७६ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App