coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोली हानेर भाउजुको हत्या

दाङ- दाङमा एक युवकले गोली प्रहार गरि आफ्नै भाउजुको हत्या गरेका छन्। घोराही ३ ढिकपुर का बिक्रम थापाले भाउजु पुर्णालाई गोली हानी हत्या गरेका हुन्। आईतवार बेलुका त्रिपुर ७ बडहरा स्थित भाउजुको घरमा गएका बिक्रमले सामान्य भनाभनका क्रममा पेस्तोल प्रहार गरेका थिए । छातीमा गोली लागेकी पुर्णाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धीरजप्रताप सिंहले नागरिकलाई जानकारी दिए।

प्रहरीका अनुसार बिक्रमले रकमका बिषयमा पुर्णालाई गोली हानेको  प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । नेपाली सेनामा कार्यरत पुर्णाका श्रीमानको निधन पछि पुर्णाले पाएको रकम आँफूले पनि पाउनु पर्ने भन्दै निम्तीएको बिबादले विक्रमले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एसपी सिंहका अनुसार पुर्णाका श्रीमानको दुईबर्ष अघि ब्यारेकमै करेन्ट लागेर मृत्यु भएको र सरकारबाट पुर्णाले ७ लाख रुपैयाँ राहत पाएकी थिईन् । त्यसयता विक्रमले दाजुको रकम आँफूले पनि पाउनु पर्ने भन्दै आधा रकमको दाबी गर्दै आएका थिए । ‘श्रीमानको मृत्युपछि पुर्णाले पाएको ७ लाख रुपैयाँ राहतको आधा माग गर्दै विक्रमले पटक पटक झगडा गरेको रहेछ,’एसपी सिंहले भने ‘तर पुर्णाले दिन नमानेपछि विक्रमले गोली हानेर मारेको खुल्नमा आएको छ ।’ उनका अनुसार विक्रमले पुर्णालाई यसअघि पनि पटक पटक ज्यान मार्ने धम्कि दिनुका साथै रकम नदिए उनका १५ बर्षिय छोरालाई अपहरण गर्ने सम्मको धम्की दिँदै आएका थिए।

आईतवार बेलुका विक्रम सहित दुईजना मोटरसाईकलमा पुर्णाको घरमा गएका थिए । विवादका क्रममा विक्रम गोली हानेर फरार भएका थिए । उनिसंगै गएका दीपक गिरी र उनिहरुले प्रयोग गरेको मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: १९ मंसिर २०७३ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App