६ वैशाख २०८१ बिहीबार
समाज

शिक्षालाई समाजहितमा प्रयोग गर्नुपर्नेमा जोड

भक्तपुर – शिक्षालाई समाजहितमा प्रयोग गर्नुपर्नेम एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। नेपाल इन्जिनियरिङ कलेजका संस्थापक अध्यक्ष प्रा.डा. स्वर्गीय दीपक भट्टराईको सातौ दिनको पुण्यतिथिका अवसरमा सोमबार कलेजले आयोजना गरेको शोकसभाका सहभागीले यस्तो बताएका हुन्।

कार्यक्रममा प्रदेश ३ का सांसद् मणिराम फुँयालले कलेज गैरनाफामूलक उद्देश्यले सञ्चालन भएकाले यसलाई अगाडि बढाउन निरन्तर लाग्ने प्रतिवद्धता जनाए। उनले शैक्षिक संस्थालाई समाजको हितमा लगाउनुपर्ने खाँचो औंल्याए।

सहभागीले गैरनाफामूलक उद्देश्यले सञ्चालित कलेजलाई केही सञ्चालकले निजीकरण गर्न खोजेकोमा दुःखसमेत व्यक्त गरे। डा. भट्टराईको कात्तिक ११ गते ८६ वर्षमा निधन भएको थियो।

प्रकाशित: १९ कार्तिक २०७६ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App