coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुरुङ विस्फोटबाट नौ बालबालिका मारिए

काबुल – युद्धग्रस्त मुलुक अफगानिस्तानमा स्कुल जाँदै गरेका बालबालिका बारुदी सुरुङ बिस्फोटमा परेका छन्। प्रहरीका अनुसार विस्फोटबाट प्राथमिक स्कुलका नौ जना बालबालिकाको मृत्यु भएको हो। यो बिस्फोट अफगानिस्तानको तखार प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा गत शनिबार भएको थियो।

अफगानिस्तानमा शनिबार पनि विद्यालय खुल्ने गर्दछ। प्रान्तीय प्रहरीका प्रवक्ता खलिल आसिरले तखार प्रान्तमा तालिबान निकै सक्रिय रहेको जानकारी दिँदै सरकारी फौजले प्रान्तमा पछिल्लो समय सुरक्षा कारबाहीलाई तीव्र बनाएको बताएका छन्। उनले सरकारी फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याएको हुन सक्ने जिकिर समेत गरेका छन्।

सो घटनामा मारिएका बालबालिका नौदेखि १२ वर्ष उमेरका रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता आसिरले मारिने चार जना बालबालिका तालिबान समूहमा आबद्ध परिवारकै सदस्य रहेको जानकारी पनि दिएका छन्। तालिबानले भने सो घटनाका बारेमा केही बताएको छैन। एजेन्सी

प्रकाशित: १९ कार्तिक २०७६ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App