८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश प्रमुख हटाउनु गलत : देउवा

ठोकर्पा (सिन्धुपाल्चोक) – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रदेश प्रमुख हटाएर गलत गरेको प्रतिक्रिया दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले सरकारको उक्त कदमप्रति कांग्रेसले खण्डन र भत्र्सना गर्ने उल्लेख गरे।

‘ओली सरकारसँग पूर्ववर्ती कांगे्रस नेतृत्वको सरकारबाट गरिएका नियुक्ति र निर्णय नहटाउने सहमति भएको थियो,’ बाघभैरव माविको नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्न सोमबार ठोकर्पा आएका उनले सञ्चारकर्मीसँग भने, ‘त्यसको उल्लंघन भएको छ।’

सभापति देउवाले सरकारबाट यस्तै हुँदै गए कांग्रेस आन्दोलन गर्न बाध्य हुने स्पष्ट पारे। सरकारले आइतबार सातै प्रदेशका प्रमुख हटाउने निर्णय गरेको थियो। भोलिपल्टै सञ्चारकर्मीसामु पहिलोपटक उनले सरकारको निर्णयबारे प्रतिक्रिया जनाएका हुन्।

विद्यालयको सभामा बोल्दै सभापति देउवाले सरकारले कांग्रेसले जितेको स्थानीय तहमा भेदभाव गरिरहेको उल्लेख गरे। ‘सरकारले यस्तो गर्नुहुँदैन, अन्यथा कांग्रेस सहेर बस्दैन।’ उनले घुमाउरो ढंगले सरकार निरंकुश बन्ने खोजेको संकेत गरे।

प्रकाशित: १९ कार्तिक २०७६ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App