गढीमाई मेला सभ्य बनाउन सहमति

मङ्गलबार, १९ कार्तिक २०७६, ०७ : ४५ उपेन्द्र यादव

बारा – जिल्लाको बरियारपुरस्थित विश्वमा एकैपटक सबैभन्दा बढी पशु बलि दिइने गढीमाई पञ्चवर्षीय मेलालाई भव्य र सभ्य बनाउने विषयमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच सहमति भएको छ। मंसिर १ गतेदेखि एक महिनासम्म लाग्ने उक्त मेला नजिकिँदै जाँदा नगरपालिका र मन्दिर समितिबीच मेला लगाउने विषयमा बढेको विवादले मेला प्रभावित हुने भएपछि दुवै पक्ष मेलालाई भव्य र सभ्य बनाउन सहमत भएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।

बाराका प्रजिअ फणिन्द्रमणि पोखरेल र प्रहरी उपरीक्षक विकासराज खनालको मध्यस्थतामा महागढीमाई नगरपालिकाको कार्यालय बरियारपुरमा आइतबार रातभरि छलफल गरी दुवै पक्षले सातबुँदे सहमति गरेको सोमबार जानकारी गराइएको हो। महागढीमाई–१ का वडाध्यक्ष सुदामा साह कानूको अध्यक्षतामा गठित पञ्चवर्षीय गढीमाई मेला मूल व्यवस्थापन समितिमा मन्दिर सञ्चालन तथा विकास समितिबाट उपाध्यक्षमा दुईजनाको नाम समावेश गर्ने, मेलाबाट उठेको रकम व्यवस्थापन गर्न नगरपालिका र समितिका तर्फबाट दुई÷दुईजनाका नाममा संयुक्त बैंक खाता खोली सो खातामा मेलाबाट हुने आम्दानीको रकम राख्ने, मेला सञ्चालनका लागि गठित विभिन्न उपसमितिमध्ये मनोरञ्जन उपसमितिको गठन नगरपालकाका तर्फबाट जग्गा व्यवस्थापन उपसमितिको गठन सहमतिले गर्नेलगायत सातबुँदे सहमति भएको जनाइएको छ।

महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले स्थानीय तहलाई प्राप्त अधिकारबारे मन्दिर सञ्चालन तथा विकास समितिका पदाधिकारीलाई राम्रोसँग जानकारी गराएपछि दुवै पक्ष मिलेर मेला भव्य र सभ्य रूपमा लगाउने सहमति भएको बताए। दुवै पक्षबीच चलेको छलफलपछि भएको सातबुँदे सहमतिबाट मेलाबाट हुने आम्दानी खर्च नगरी त्यसकै भौतिक पूर्वाधारमा खर्च गर्ने र मेलामा आउने श्रद्धालुलाई खानेपानी, शौचालयलगायत सेवासुविधा दिने कार्यमा आ–आफ्नो क्षेत्रबाट लगानी गर्ने सहमति भएको यादवले जानकारी दिए। राजनीतिक स्वार्थ बोकेका बाहिरी मान्छेहरूले महागढीमाई नगरपालिकाका जनता लडाउन खोजे पनि नगरपालिका र समितिका पदाधिकारीको कुरा बुझेर गढीमाई मेलालाई राम्रोसँग लगाउन एक ठाउँमा आएको उनले बताए।

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले यस वर्षको पञ्चवर्षीय गढीमाई मेलालाई अन्य वर्षको भन्दा राम्रोसँग लगाउन र मेलाबारे राम्रो सन्देश दिन नगरपालिकासँग सहमति गरिएको पत्रकार सम्मेलनमा बताए। दुवै पक्ष आपसमा मिलेर अगाडि नबढ्दा मेला विवादित रहिरहँदा त्यसले गढीमाईको मेलाको भविष्यलाई नै नराम्रो असर गर्ने भएकोले त्यसलाई ध्यानमा राखेर सात बुँदे सहमति गरी मेलामा समितिले सहयोग गर्न अघि बढेको अध्यक्ष साहले बताए।

पत्रकार सम्मेलनमा बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले महागढीमाई नगरपालिका र मन्दिर विकास समितिबीच मेला लगाउने विषयमा सहमति गराउन आफू देखावटी पात्र भए पनि गढीमाई प्रति आस्था राख्ने धेरैजनाले यसमा निरन्तर सहयोग गरेको बताए। समिति र नगरपालिकाबीच गढीमाईको मेला एक भएर लगाउने सहमतिले मेलाको गरिमा थप बढेको र यसले मेलामा आउने श्रद्धालुको सेवा सत्कारमा सहयोग मिल्ने विश्वास प्रजिअ पोखरेलले गरे।

यसपालि पञ्चवर्षीय गढीमाईको मेला भर्न ६० लाख श्रद्धालु आउने अनुमान गरिएको र मेलालाई व्यवस्थित गर्न महागढीमाई नगरपालिका दुई महिना पहिलादेखि नै सक्रिय बनेको बताइएको छ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । ...

अनलाइन जब फेयर आयोजना हुने

अनलाइन जब फेयर आयोजना हुने

आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । ...

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ...

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

Ncell Footer Ad