८ वैशाख २०८१ शनिबार
समाज

चारजना पुरुष मृत अवस्थामा फेला

काठमाडौं–आइतबार फरकफरक स्थानमा चार पुरूषको शव फेला परेको छ।

बिरगंज उपमहानगरपालिका–१८ स्थित नेशनल मेडिकल कलेज जाने बाटो नजिक आइतबार नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पहाडी मुलुकको जस्तो देखिने पुरुष मृत फेला परेका हुन्।

रुकुम गरेला–८ स्थित सानो भेरी नदीको किनारमा आइतबार मुसीकोट नगरपालिका–१ बस्ने करीब ३० वर्षीय बुद्धि बिक मृत अवस्थामा फेला परेका छन्।
सर्लाही सुन्दरपुर चोहर्वा–८ पिपराभिट्टा स्थित हनुमान मन्दिरमा पुजारीको रुपमा बस्दै आएका नाम,थर,वतन नखुलेका करीब ७० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।             
 गोर्खा गोरखा नगरपालिका–८ लक्ष्मीबजार बस्ने ३५ वर्षीय राजन पारियार शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी भनाइ छ।

प्रकाशित: १९ मंसिर २०७३ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App