coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संशोधन प्रस्ताव फिर्ता लिन एमाले नेता पौडेलको माग

काठमाडौं–नेकपा एमालेका उप–महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान स्थितिमा देखिएको उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नको लागि संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन्।

आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता पौडेलले पुष्पकमल दाहाल प्रधानमन्त्री भएको दिनमा  शपथ खाएको कुरालाई बिर्सेको आरोप लगाउँदै  संविधान रक्षा गर्ने शपथ खाएका प्रधानमन्त्रीले संशोधन संशोधन गर्न अग्रसर हुनु गलत भएको बताए। उनले संशोधन प्रस्ताव फिर्ता लिन सुझाव दिँदै प्रस्ताव मतदानमा लिएर गए असफल हुने र देश भीडन्तमा जाने चेतावनी दिए।

‘अधिकाशं सांसदको असमतिकाबीचमा सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउनु भनेको असफल सावित हुनु हो,’ उनले भने,  ‘संविधानको कार्यन्वयन नै अहिलेको मुख्य आवश्यकता हो। वुटवलमा पाँच नम्बर प्रदेशलाई अखण्ड राख्नुका लागि लाखौं मानिस सडकमा आएका छन्, यदि सरकार जनताको हो भने समयमै संविधान प्रस्ताव फिर्ता लिएर देशमा उत्पन्न स्तिथिको अन्त्य गर्न तर्फ लागोस्।’  उनले संविधान संशोधन अहिले आवश्यक नभएको जिकिर गर्दै संविधान कार्यान्वयनमा जानुको विकल्प नभएको बताए।

प्रकाशित: १९ मंसिर २०७३ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App