८ वैशाख २०८१ शनिबार
खेल

पूर्वबक्सर सिद्धार्थविक्रम सम्मानित

काठमाडौं – पूर्वबक्सिङ खेलाडी सिद्धार्थविक्रम भण्डारी क्षेत्री सम्मानित भएका छन्। नेपाल बक्सिङ संघका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ र निवर्तमान महासचिव दीपक गुरुङले नेपाली खेलाडीहरूलाई निरन्तर सहयोग गर्दै आएका भण्डारीलाई सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।

बेलायतमा बस्दै आएका भण्डारीले नेपाली खेलाडी समस्यामा पर्दा आर्थिक सहयोग प्रदान गर्दै आएका छन्। उनले नेपालका युवा बक्सिङ खेलाडीलाई बेलायतमा ३ देखि ६ महिना प्रशिक्षणका लागि व्यवस्था मिलाउन पहल गरेको बताए।

सो सम्मान कार्यक्रममा राजीव श्रेष्ठ र दीपक गुरुङले खेलाडीलाई गाह्रोसारो पर्दा सहयोग गर्ने हेतुले अक्षय कोष स्थापना गर्ने घोषणासमेत गरे। सो कोषमा श्रेष्ठ र गुरुङले १/१ लाख रुपैयाँ राख्ने घोषणासमेत गरे। 

सम्मानित भण्डारीले समेत सो कोषमा १ लाख राख्ने घोषणा गरेका छन्। सम्मान कार्यक्रमलाई राखेपका सदस्य अर्जुनबहादुर केसी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सुनील श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन उमेश मास्केलगायतले भण्डारीको कार्यको प्रशंसा गरेका थिए।

 

प्रकाशित: १९ कार्तिक २०७६ ०१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App