coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हराएका मूर्ति फिर्ता माग्दै जुम्लामा प्रदर्शन

जुम्ला- मंसिर ११ गते चन्दननाथ मन्दिरमा हराएका वहुमुल्य मूर्ति फिर्ता गराउन माग गर्दै पटमारावासी सडकमा उत्रिएका छन। मूर्ति चोरी भएको साता वित्दा पनि छानविनमा तदारुकता नदेखाएको भन्दै उनीहरुले खलंगामा जुलुस निकालेर दवाव दिएका हुन्। सदरमुकाम खलंगा देखि एक घण्टा पैदल हिडेर नाराजुलुस गर्दै आएका पट्मारावासीले सदरमुकाम खलंगा वजार परिक्रममा गरि मूर्ति फिर्ता गराउन प्रहरी प्रशासनलाई दवाव दिइएका हुन।

मूर्ति बेच्न पाईदैन, चोर पुजारी चाहिँदैन,स्थानीय प्रहरी प्रशासन मुर्दावाद,जस्ता नारा लगाएर प्रशासन कार्यालयमा आएर धर्ना दिएका थिए। पट्मारा गाविसको ४,६ र ९ वडा देखि सडकमा उत्रिएका हुन। पट्मारा ६ का वीर वहादुर खड्काले मूर्ति चोरी भएको एक साता वितिसक्दा पनि अनुसन्धानको दायरा फराकिलो नभएको भन्दै दवाव दिन गाउँ उठेर सडकमा आएको बताए। उनले भने 'सुरक्षा घेराभित्र रहेको मूर्तिको सुरक्षा हुदैन भने हामी कसरी सुरक्षित महशुस गर्ने?'

उनीहरुले मूर्ति फिर्ता गराउन भन्दै चन्दननाथ मन्दिर भित्र रहेका देविलाई वोको वलि दिइएका छन।

चन्दननाथ मन्दिरको २८ वटा मूर्ति चोरी भएका थिए। एकै रातका यति धेरै मूर्ति चोरी भएको भन्दै जुम्लावासी सडकमै छन।  सिआईवीले घुनिभुत रुपमा अनुसन्धान गरिरहेको जनाएको छ। घटना नजिक पुगेको मध्यपश्चिम क्षेत्रिय प्रहरी प्रमुख डिआईजी माधव नेपाल बताउँछन।

प्रकाशित: १९ मंसिर २०७३ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App