coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

त्रिविलाई विश्वकै उत्कृष्ट विश्वविद्यालय बनाउँछुः नवनियुक्त उपकुलपति बाँस्कोटा

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले सोमबार पदबहाली गरेका छन्।

आइतबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए। सोमबार सो नियुक्त पत्र बुझेर उनले कीर्तिपुरस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। त्यस अवसरमा उनले सो विश्वविद्यालयलाई विश्वकै एउटा उत्कृष्ट विश्वविद्यालयको रुपमा विकास गर्न मन, धन र कर्मले लागि पर्ने प्रतिवद्धता व्यक्त गरे। उनले सो विश्वविद्यालयको साखलाई उँचो राख्ने काममा कुनै पनि कसर बाँकी नराख्ने दृढता पनि व्यक्त गरे।

पदभार ग्रहण समारोहमा नवनियुक्त उपकुलपति बाँस्कोटालाई विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले स्वागत गरेका थिए।

प्रकाशित: १८ कार्तिक २०७६ १४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App