६ वैशाख २०८१ बिहीबार
समाज

हडियामा ३ करोड लगानीको खानेपानी सञ्चालनमा

हडिया (उदयपुर)–जिल्लाको दक्षिणी गाविस हडियाको बहुप्रतिक्षित खानेपानी आयोजना सञ्चालनमा आएको छ । ९ वर्षदेखि निर्माण कार्य सुरु गरिएको ‘हडिया खानेपानी तथा सरसफाई आयोजना’ आईतबारदेखि विधिबत सञ्चालनमा ल्याइएको हो ।

खानेपानी आयोजना सञ्चालनमा आएपछि वर्षौंदेखि दुषित पानी खान बाध्य गाविसबासीलाई स्वच्छ खानेपानीको व्यवस्था भएको छ । हडियाबासीका लागि प्रमुख समस्याको रुपमा रहेको स्वच्छ खानेपानी व्यवस्थापनका लागि नेपाल सरकार र स्थानीय जनश्रमदान गरी ३ करोड रुपैंया लागतको आयोजना निर्माण भएको हो ।

आयोजनाका लागि मुहानबाट ल्याइएको खानेपानी वितरण गर्त १ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिएको छ । जसबाट हडिया ५, ६ र ७ नम्बर वडाका ९५ घरधुरीलाई प्रत्यक्ष खानेपानी वितरण गर्न सकिने हडिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुमार बस्नेतले बताए । उनका अनुसार गाविसका मुहरीया, हात्तिसार, हडिया बजार, अँधेरी, शान्ति नगर, डाँडाटोल, मिल्स एरियामा पाईपलाईन वितरण गरिसकिएको छ ।

सो आयोजनाबाटै निकट भविष्यमा थप ५ सय घरधुरीलाई खानेपानीको सुविधा पुग्ने गरी काम भईरहेको समितिले जनाएको छ । गाविसका अधिकतर स्थानीयलाई स्वच्छ र सुद्ध खानेपानी उपलब्ध गराउने उदेश्यले थप ठाउँमा पाईपलाईन विस्तार र ट्यांकी निर्माणको काम भईरहेको बस्नेतले बताए ।

आईतबार एक कार्यक्रमकाबीच सांसद नारायण खड्काले आयोजनाको उद्घाटन गरे । उनले मानव जीवनमा सबैभन्दा महत्वपूर्ण चिज पानी भएको भन्दै आप्mनो निर्वाचन क्षेत्रभित्र बसोबास गर्ने सबै जनतालाई खानेपानी सुविधाका लागि आफूले सक्दो पहल गरिरहेको बताए ।

प्रकाशित: १९ मंसिर २०७३ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App