coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

संशाेधन प्रस्तावकाे विपक्षमा मतदान गर्ने रायमाझीकाे चेतावनी

काठमाडौं–माओवादी केन्द्रका संसदीय दलका उप नेता नेता टोपबहादुर रायमाझीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई  फिर्ता लिएर निर्वाचनमा जानको लागि आग्रह गरेका छन्। आइतबार रिपार्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता रायमाझीले संविधान संशोधनको प्रस्तावले देशलाई विखण्डनमा लैजाने, द्वन्द्व बढाउने, गतिहीनतातर्फ लैजाने र दलहरूबीचमा अन्तर विरोध बढाउने भन्दै संसदबाट पारित गर्न नहुने बताए।

‘राष्ट्रिय सहमति नगरी सरकारले जुन किसिमले संविधान संशोधन प्रस्ताव ल्यायो यो प्रक्रिया गलत थियोे,’ रायमाझीले भने, ‘मैले प्रधानमन्त्रीलाई भनेको थिए, राष्ट्रिय सहमति हुन्छ भने यो प्रस्ताव अघि सारांै नभए यसले हामीलाई असफल घोसित गरी दिन्छ।’

उनले विवाद नै नभएको प्रदेश नम्बर पाँचलाई संशोधनको मुल मुद्दा बनाउँदा अहिलेको अस्थिरको अवस्था उत्पन्न भएको बताए। उनले सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावको विपक्षमा पाँच नम्बर प्रदेशका जनतादेखि जनप्रतिनिधिसम्म  विपक्षमा रहेको बताए।

संविधान संशोधन प्रस्ताव पारित हुने कुनै सम्भावना नरहेको बताउदै उनले भने, ‘ यो प्रस्ताव पारित गराउने दुई तिहाई पुग्दैन, यदि यो प्रस्ताव संसदमा गयो भने म यस प्रस्तावको विपक्षमा मतदान गर्छु, माओवादी कांग्रेसकै कतिपय सांसदहरूले साथ दिदैनन्, पाँच नम्बर प्रदेशका कुनैपनि जनप्रतिनिधिले मतदान गर्दैनन्।’
प्रदेश नम्बर पाँचमा हाल चलिरहेको आन्दोलन र उत्पन्न जटिलता अनि संशोधन प्रस्तावको बारेमा बोल्ने क्रममा नेता रायमाझीले इतिहासमै पहिलो र नयाँ रुपको आन्दोलन भएको भन्दै यो आन्दोलनलाई कुनै राजनीतिक दल र विषेश नेताको स्वार्थसँग नजोड्न सबैलाई आग्रह गरे ।

उनले अघि थपे भने, ‘पाँच नम्बर प्रदेशलाई टुक्राउने हो भने अरु प्रदेशले पनि आवाज उठाउँने छन्, झनै बिवाद बढ्ने छ, त्यसैले सरकार यसमा गम्भिर हुन सक्नुपर्छ, लाखौं जनता नेपालको झण्डा बोकेर आन्दोलनमा उत्रेका छन्, जनताको भावना विपरित जान कसैलाई पनि अधिकार छैन्, त्यँहाका जनता सबै पेशा व्यवसाय बन्द गरेर अखण्ड प्रदेशको लागि सडकमा आएका छन्।’

प्रकाशित: १९ मंसिर २०७३ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App