१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हुस्सुले विहानैदेखि नेपालगन्ज विमानस्थल बन्द

बाक्लो हुस्सुले ढाकिएको नेपालगन्ज राँझा विमानस्थल ।

कोहलपुर–आइतबार विहानैदेखिको शीतलहर र बाक्लो हुस्सुले नेपालगन्ज राँझा विमानस्थलबाट कर्णाली र राजधानी हुने सबै उडान बन्द भएका छन्। बाक्लो हुस्सुले जहाज अवतरण र उडाकालागि भिजिबिलिटी नहुँदा राँझा विमानस्थल हुँदै कर्णाली र राजधानीका दर्जन उडान रोकिएका छन्।

जहाज उडान र अवतरणकालागि न्युनतम एक हजार छ सय मिटर भिजिबिलिटी हुनुपर्नेमा पाँच सय मिटर मात्र रहेको नेपाल नागरिक उडड्यन प्राधिकरण नेपालगन्जका एटिसी किशोर आर्चायले बताए। उडान प्रभावित हुँदा कर्णालीअञ्चल सबै जिल्ला, सुदुरपश्चिमको बाजुरा, काठमाडौं–नेपालगन्ज उडान बन्द भएको उनले जनाए।

तारा एयरका पाँच, काष्ठमाडौंका दुई, सिम्रिकको चार, मकालुका दुई उडान रद्ध भएका छन्। यस्तै यती र बुद्ध एयरका विहानका उडान नेपालगन्ज काठमाडौं उडान रोकिएको आचार्यले जानकारी दिए।

सुर्खेतबाट आइतबार विहानदेखि कर्णालीका उडान सुचारु छ। यो वर्षमा पहिलो पटक नेपालगन्जबाट सबै आन्तरिक उडान उडान बन्द भएका छन्। आइतबार कर्णाली, सुदुरपसश्चिम र राजधानी गरी २१ वटा उडान रद्द भएका छन्। उडान बन्दले तीन सय यात्रु प्रभावित भएको अनुमान छ। नेपालगन्जबाट कर्णाली अञ्चल र राजधानी जाने तयारीमा रहेका सयौं यात्रु उडान बन्द हुँदा विमानस्थलमा बस्न बाध्य छन्।

विहान पाँच बजे विमानस्थलमा आएका यात्रुहरु निराशहुँदै फर्किए । राँझा विमानस्थलबाट दैनिक मध्य र सुदुरपश्चिमका पहाडी र हिमाली जिल्लामा २० वटा र काठमाडौंका लागि पाँच वटासम्म उडान हुने गर्छ। नेपालगन्जबाट काठमाडौं, सुर्खेत, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा  उडान हुने गर्छ।

प्रकाशित: १९ मंसिर २०७३ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App