coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काभ्रेमा झडप हुँदा प्रहरीसहित ८ जना घाइते

काभ्रे- बनेपा-९ ठकुरी गाउँमा प्रहरी र स्थानीयबीच झडप भएको छ । सोमबार फोहोर जलाउने मेसिन राख्न ठाउँ सम्याउने विषयमा झडप हुँदा प्रहरी र स्थानीय गरी ८ जना घाइते भएका छन् ।

झडपमा पाँच स्थानीय घाइतेहरुको टाउकोमा चोट लागेको छ । घाइते हुने स्थानीयहरूमा रामप्रसाद पौडेल(६५), मैना खत्री, सावित्री तिमल्सिना, भीमसेन थापा(२८), रामशरण तिमल्सिना रहेका छन् ।

फोहोर जलाउने मेसिन राख्नका लागि ठाउँ सम्याउनेलगायत कामका लागि बनेपाले नेपाल प्रहरी २५ र सशस्त्र प्रहरी ४० सहित  एक वटा ब्याकहो लोडर जबर्जस्ति लैजान खोजेपछि स्थानीय र प्रहरीवीच दोहोरो झडप भएको हो । स्थानीय ५ र प्रहरी ३ जना घाइते भएका छन् । झडप भएपछि प्रहरीले  ९ सेल अश्रु ग्यास प्रहार गरेको थियो । झडपमा ब्याकहो लोडरको सीसा फुटेको छ ।

मेयर लक्ष्मी नरसिंह बादेले जसरी पनि कृषि फार्म रहेको जग्गामा काम गरेरै छाड्ने अडानमा लिएका छन् ।

प्रकाशित: १८ कार्तिक २०७६ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App