७ वैशाख २०८१ शुक्रबार
अर्थ

मदन भण्डारी राजमार्ग निर्माणको ६० प्रतिशत काम सम्पन्न

निर्माणधिन धरान—चतरा—सिन्धुली—हेटौँडा सडकको पश्चिम खण्ड। तस्विरः अनिल/नागरिक

मदन भण्डारी राजमार्ग (धरान—चतरा—सिन्धुली—हेटौँडा)  निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको छ। सरकारको मुख्य प्राथमिकतामा परको उक्त मार्गको ४० प्रतिशत काम भने मानवीय अवरोधका कारण निर्माण हुन सकेको छैन। 

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको दुबै खण्डमा करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

राजमार्गको पुर्व र पश्चिम गरि दुई खण्डमा विभाजन गरि काम भएको छ। दुबै खण्डमा सडक संरचना निर्माण, पुल निर्माण, कजवे, ह्युम पाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्ट लगायतको संरचना निर्माणको काम धमाधम निर्माण भइरहेको आयोजनाले जनाएको छ।

आयोजनाका पश्चिम खण्डका सूचना अधिकारी केशबप्रसाद ओझाका अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्मको कुल एक सय १५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ।

‘निर्माण कार्यको प्रगति पछिल्लो समय निकै अगाडी बढेको छ’ उनले भने, ‘उक्त खण्डमा हालसम्म ४५ किलोमिटर कालोपत्रे भइसकेको र धमाधम पहिलो चरणको कालोपत्रेको काम भइरहेको छ।’

नक्साङ्कनका क्रममा विस्तृत अध्यायन नगरिएकाले सिन्धुलीको धुराबजार देखि खट्टारसम्मको सडक कहाँबाट लैजाने भन्ने अन्यौल देखिएको छ। यस्तै कमलामाई नगरपालिका र मरिण गाँउपालिकाको सिमाना अठुवामा समेत सडकको नक्साङकन परिवर्तन गर्नुपर्ने देखिएको छ। विवाद अदालतमै पुगेकाले केही स्थानमा कामले गति लिन नसकेको पश्चिम खण्डले जनाएको छ।

आयोजना २०७३ साल कार्तिकमा सम्झौता भई २०७७ साल असार मसान्तमा सम्पन्न गर्नुपर्ने लक्ष्य छ। पुर्वी खण्डमा उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्मको एक सय ३४ किलोमिटर सडक पर्छ। जसमध्ये ५० किलोमिटर कालोपत्रे भइसकेको छ भने अन्य धेरै क्षेत्रमा कालोपत्रे गर्ने अन्तिम तयारी भइरहेको छ।

पश्चिम खण्डको जिम्मा कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले र पुर्वी खण्डको जेट आइ.इसी शर्मा एण्ड लामा जेभीले निर्माणको पाएको थियो। 

 

प्रकाशित: १८ कार्तिक २०७६ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App