६ वैशाख २०८१ बिहीबार
समाज

लागुऔषधसहित दुई पक्राउ

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित आज दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत चिसापानीका २६ वर्षीय नवीन खड्का र सोही नगरपालिका–११ सुर्खेत पिपिरा चोक बस्ने २४ वर्षीय रमेश थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

पक्राउ परेका खड्काबाट ८० मिलिग्राम र थापाबाट एक ग्राम लागुऔषध बरामद गरिएको प्रवक्ता रावलले बताए। 'हामीले शङ्काका आधारमा एक्लै बसेको अवस्थामा खड्कालाई र सडकमा हिँडिरहेको अवस्थामा थापालाई खानतलासी गरेका थियौँ', उनले भने, 'दुवैको साथमा लागुऔषध भेट्यौँ।' रासस

प्रकाशित: १८ कार्तिक २०७६ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App