८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

रेलको चिहान र सद्दामका यी ड्राइभर

अहमद तवाइज
बगदाद–कुनै बेला बगदाददेखि जेरुशेलमसम्म रेल चलाउने कुरा हुन्थ्यो। तर अहिले बगदादबाट सबैभन्दा लामो रेल रातभरीको यात्रा तय गर्दै बसरासम्म जान्छ।
दशकौंसम्म यहाँ काम गरेका चालक अली अल–कारखी भन्छन्,‘ यो रेलको नेटवर्कको सबैभन्दा ठूलो भाग कब्रिस्तान ( चिहान) जस्तो भएको छ।’

बगदादको सेन्ट्रल रेलवे स्टेशनको डिजाइन बेलायती आर्किटेक्चरले तयार पारेका हुन्।  त्यसो त यो रेलवे स्टेशनको निर्माण १९५० को दशकमा सम्पन्न भएको थियो। तर, २००३ मा इकारमाथि भएको अमेरिकी आक्रमणपछि यसलाई फेरि बनाइएको हो।

४० वर्षीय रेल चालक अली अल–कारखी भन्छन्,‘ मेरो मृत्युपछि मानिसहरुले मलाई त्यस्तो व्यक्तिको रुपमा सम्झिउन जसले काम गर्न कहिल्यै आनाकाली गरेन।’ कुनै बेला यहाँबाट इजरायलको जेरुशेलम तथा हजारौं माइल टाढा लण्डनसम्म रेल चलाउने कुरा हन्थ्यो। तर, सो रेलका सबैभन्दा लामो सफर बसरासम्म मात्रै हो। कुनै बेला सयौंको संख्यामा चल्ने रेल अहिले  ६ वटामा सीमित भएका छन्। दुई सयभन्दा धेरै चालक बेरोजगार  भइसकेका छन्।
 

यस्तो छ सुरक्षा व्यवस्था

यात्रुको समान लाइनमा राखेर जाँच गराउनुपर्छ। त्यतिमात्र होइन, ती सामानलाई कुकुरले नसुँघी आफूले लिन पाँइदैन।
अली–कारखी जव चार  वर्षका थिए, त्यतिबेला देखि उनलाई रेलप्रति लगाव भयो।  घर नजिकैबाट चल्ने रेलको हर्न सुन्ने वित्तिकै उनी आफ्नो घरको छतमा जान्थे। उनका पिता बगदादका थिए भने आमा कुर्दिश–इराकी मुलकी थिइन।

१९८९ मा उनलाई सद्दाम हुसेनका विशेष रेल चालकका रुपमा चुनियो। तर उनकी आमा कुर्दिस–इरानी मुलको भएको थाहा पाउने वित्तिकै हटाइयो।
इराकमा अमेरिकी आक्रमणको समयमा सबैतिर लुटपाट मच्चिएको थियो। आपराधिक समूहले रेल नै लुट्न थालेको देखेपछि कारखीलाई लाग्यो,‘कसैले मेरो शरीरलाई टुक्रा टुक्रा पार्दै  लैजाँदै छ।’ लुटिएको रेलका टुक्राटाक्री एकतर्फ छन भने अर्को तर्फ पुरानो कब्रिस्तान (चिहान)।
बीबीसी हिन्दीबाट

प्रकाशित: १९ मंसिर २०७३ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App