८ वैशाख २०८१ शनिबार
समाज

डडेल्धुरा अस्पतालका सेवा पुनः सुचारु

डडेल्धुरा अस्पताल।

डडेल्धुरा– डेढ महिना देखी बन्द रहेको डडेल्धुरा अस्पतालका सेवा सुविधा आईतबार देखी सुचारु भएका छन्।

लामो समय बिदा बसेका अस्पतालका निमित्त मेडीकल सुपरिटेण्डेण्ट डा.जितेन्द्र कँडेल काममा फर्किए संगै अस्पताल सुचारु भएको हो। अस्पतालमा चिकित्सक नहुँदा पोष्ममार्टम सेवा समेत बन्द भएको थियो।

 डा.कँडेल अस्पतालमा फर्किए संगै अस्पतालले यस अघि दिंदै आएका नियमित सिएस सेवा अर्थात सल्यक्रिया गरेर बच्चा जन्माउँने, भिडियो एक्सरे, हर्निया, हाईड्रोसिल, एपेण्डीसाईड सुरक्षीत गर्भपतन सेवा लगायतका सल्यक्रिया पनि आईतबार देखि पुनः सुचारु भएको डा.कँडेलले बताए। सेवा सूचारु सुरु भएपछि बैतडी, डोटी, बझाङ, दार्चुला लगायतका विरामीलाई उपचार गराउन सहज भएको छ। 

 

प्रकाशित: १८ कार्तिक २०७६ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App