८ वैशाख २०८१ शनिबार
खेल

शीर्ष क्लब लिभरपुल र सिटीको उत्कृष्ट पुनरागमन

लन्डन – एस्टन भिल्लामाथि संघर्षपूर्ण जितका साथ लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्षता कायम राख्दा दोस्रो स्थानको म्यानचेस्टर सिटीले पनि सुखद नतिजा निकालेको छ।

एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा एक गोलले पछाडि परेको अवस्थाबाट लिभरपुलले उत्कृष्ट पुनरागमन गदै २–१ को जित हात पारेको हो। लिभरपुललाई नै पछ्याइरहेको सिटीले पनि एक गोलले पछाडि परेको अवस्थाबाट दुई गोल फर्काउँदै जित निकाल्यो। घरेलु टोली एस्टनभिल्लासँग हाबी भएको लिभरपुलले खेलमा पुनरागमन गर्न निकै संघर्ष गर्नुप¥यो।

एस्टन भिल्लाले २१औं मिनेटमा लिएको अग्रतालाई बराबरीमा ल्याउन लिभरपुलले ८७औं मिनेटसम्म कुर्नुप¥यो। एस्टन भिल्लाका लागि ट्रेजगुएटले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। ८७औं मिनेटमा एन्डी रोबर्टसनले गोल फर्काउँदै भ्रमणकारी टोलीलाई बराबरीको अवस्थामा ल्याए। इन्जुरी समयको चौथो मिनेटमा साडियो मानेले बललाई जाली चुमाउँदा लिभरपुलले स्पष्ट ३ अंक पक्का ग¥यो।
संघर्षपूर्ण जित निकालेको लिभरपुलको ११ खेलमा ३१ अंक छ। जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा ६ अंक बढी हो। तेस्रो स्थानको चेल्सीको २३, चौथो स्थानको लेस्टर सिटीको २० र आर्सनल १७ अंकका साथ पाँचौं स्थानमा छ। लिभरपुलसँग पराजित एस्टन भिल्ला ११ खेलबाट ११ अंकका साथ तालिकाको १६औं स्थानमा छ।

‘टोलीले पुनरागमन गर्न सक्छ भन्ने मलाई विश्वास थियो। टोलीको प्रदर्शनमा म सन्तुष्ट छु। मानेको हेड बल नै जितका लागि पर्याप्त बन्यो,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘हामीसँग खेलमा पुनरागमन गरेका धेरै उदाहरण छन्। स्वभाविक खेल प्रस्तुत गर्दै प्रयास गर्ने हो भने अवस्य पनि सफल बन्न सकिन्छ।’

लिगअन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले भने घरेलु मैदान इतिहादमा पुनरागमन गर्दै स्पष्ट ३ अंक जोड्न सफल भएको छ। साउथह्याम्पटनले १३औं मिनेटमा लिएको अग्रतालाई उल्टाउँदै सिटीले भ्रमणकारी टोलीलाई स्तब्ध बनाएको हो। साउथह्याम्पटनका लागि जेम्स वार्ड प्रोवेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा अग्रता लिएको साउथह्याम्पटनले दोस्रो हाफमा भने अग्रता कायम राख्न सकेन। ७०औं मिनेटमा सर्जियो अग्वेरोले गोल गर्दै सिटीलाई खेलमा फर्काए। खेल सकिन ४ मिनेट बाँकी रहँदा काइल वाल्करले गोल गर्दै सिटीको जित पक्का गरेका थिए। शनिबारकै अर्को खेलमा चेल्सीले पनि वार्टफोडमाथि समान २–१ को जित हात पा¥यो।

वार्टफोडको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन ट्यामी अब्राहम र  क्रिस्टियन पुलसिकले १÷१ गोल गरेका थिए। वार्टफोडले पेनाल्टीबाट सान्त्वना गोल फर्काएको थियो। लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा आर्सनल र उल्भरह्याम्पटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा ब्राइटनले नर्विच सिटीलाई २–०, सेफिल्ड युनाइटेडले बर्नलीलाई ३–० र न्युक्यासल युनाइटेडले वेस्टह्याम युनाइटेडलाई ३–२ ले हरायो।

घरेलु मैदान भिल्ला पार्कमा एक गोलले पछाडि परेको अवस्थाबाट लिभरपुलले उत्कृष्ट पुनरागमन गदै २–१ को जित हात पा¥यो। लिभरपुललाई नै पछ्याइरहेको म्यानचेस्टर सिटीले पनि पछाडि परेको अवस्थाबाट दुई गोल फर्काउँदै जित निकाल्यो।

 

प्रकाशित: १८ कार्तिक २०७६ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App