प्रचण्ड होइन, पुष्प बन्नुस्

सोमबार, १८ कार्तिक २०७६, ११ : ३९ जैनेन्द्र जीवन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल(‘विद्रोही’ नेता भन्ने अर्थमा ‘प्रचण्ड’ पनि भनिने)ले ‘नौ महिनामा चारपटक आन्दोलनको अभिव्यक्ति’ दिएको समाचार यस दैनिकले कात्तिक १ गते प्रकाशित गरेको थियो। समाचारको सारांश यस्तो थियो– अब मुलुकमा ठूलो आन्दोलन हुने, जसको नेतृत्व आफूले गर्ने र जसका लागि आवश्यक परे आफू जंगल पनि पस्नेदाहालको कथन।चितवनमा आयोजित दलको कार्यक्रममा नेकपालाई ‘कम्युनिस्ट पार्टीजस्तो’ बनाउनर समाजादका उद्देश्य प्राप्त गर्नका लागि‘महान्आन्दोलन’मा साथ दिन पार्टी पंक्तिलाई उनको आह्वान।असोज ६ मा आयोजित यस्तैएउटा कार्यक्रममा पनि आन्दोलनहुने तर सो शान्तिपूर्ण र प्रतिस्पर्धात्मक हुने बताएका उनले‘आन्दोलनमासम्पूर्ण तागत लगाउने फौज चाहिएको छ’भन्ने विरोधाभाषी अभिव्यक्ति पनि दिएका थिए।

केही समयपहिले माक्र्सको २०१औँ स्मृतिदिवसमा आयोजित एउटा कार्यक्रममा पनि उनले आवश्यक परे फेरि जंगल पस्ने बताएका थिए। कानुन निर्माण, सुरक्षा, बजेट सबै कुरामा सरकारले प्रदेश र स्थानीय तहको संविधानप्रदत्त अधिकार संकुचन गर्न खोजेको भन्दै (त्यस कारण) पहाडमा अर्कोखालको आन्दोलन सुरु हुनसक्ने कुरा त उनले ८ महिनाअगाडि माघ २५मै गरेका हुन्। ‘जनयुद्ध’ र जनआन्दोलनको मर्मअनुसार सरकारले काम नगरे मुलुकमा माओवादी आन्दोलन भन्दा पनि ठूलो आन्दोलन हुन(गर्न) सक्ने कुरा उनको चेतावनी थियो।‘सिंहदरबार’ संविधानको भावनाअनुसार नचलेको र अधिकार प्रत्यायोजन गर्नेतथा कर्मचारी समायोजन गर्ने मामलामाअनिच्छुक रहेकोउनको शंका/आरोपथियो।

‘परिवर्तनमा हामीबाटै खतरा’ शीर्षककात्तिक १कै सो दैनिकको अर्को समाचारमा पनि दाहालकायस्तै र अरु थुप्रै असन्तुष्टि छताछुल्ल छन्। उदाहरणार्थ–‘धेरै ठूलो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धि संस्थागत गर्ने प्रक्रियामा अहिले हेलचेक्र्याइँ भइरहेको छ।७० वर्ष लामो संघर्षपछि प्राप्त गणतन्त्र कसैले हल्लाएर नहल्लिनेभएपनि तपाईँ–हाम्रो आफ्नै कारणबाट परिवर्तनर समाजवाद निर्माणको अभियानविरुद्ध खतरा उत्पन्न हुँदैछ। हामी अलि बढी नै व्यक्तिवादी हुँदैछौँ, कम्युनिस्ट आदर्शबाट स्खलित हुँदैछौँ।सत्तामा नपुग्दासम्म जस्तोसुकै त्याग, तपस्या, बलिदान, निष्ठा र इमानदारी प्रदर्शन गर्न तयार हुने तर सत्तामा गएपछि पार्टी पंक्तिमा अराजकता र व्यक्तिवाद हावी हुने, आस्था बिर्सिइने, जनताबाट टाढिँदै जाने, उद्देश्यबाट विचलित हुने रोग यहाँ पनि लाग्दैछ।यस्तोमाजनताबाट अलग्गिने, प्रतिक्रान्ति हुने र रुसी कम्युनिस्ट जस्तो बन्ने खतरा रहन्छ। कम्युनिस्ट पार्टीभत्रै विकसित अराजकता, स्वार्थ, गुटबन्दी, स्वचिन्तनले अन्त्यमा पार्टी नै विघटन भएका उदाहरण विश्वमा धेरै छन्।’

आन्दोलन अनावश्यक
हुन त दाहालको बोलीको ठेगान हुँदैन।अझ दलभित्रका आफ्ना प्रतिद्वन्द्वी नेताहरूप्रति लक्षित असन्तुष्टिका हकमा त पछि गएर मैले त्यसो भनेकै छैन, यो सब मिडियाले बङ्गयाएको हो,विरोधीहरूको प्रचारबाजी हो, हाम्राबीच फाटो ल्याउने प्रतिक्रियावादीहरूको षडयन्त्र होभन्दिएका उदाहरण झन् धेरै छन्।आफ्ना अभीष्टको सम्बोधन भयो भने चितवनमा बोलेको कुरालाई पनि भोलि उनी त्यसै भन्दिनेछन्।तर ८ महिनायता बारम्बार एउटै कुरा दोहो¥याइरहेकाले ती असन्तुष्टिलाई उनको बानीजन्य आकस्मिक अभिव्यक्ति मात्र हो भनी खारेज गर्नु गलत हुनेछ।यद्यपि माथि वर्णित असन्तुष्टिउनको आफ्नै दल, त्यसमापनि पूर्वएमाले घटककाकेपीओली र उनको गुट लक्षित हुँदा अरुले टाउको दुखाउनुपर्ने विषय थिएन।तरआफ्नो धम्की उनले साँच्चै कार्यान्वयन गर्न खोजे भने त्यसबाटउनको दलमात्र होइन, समग्र देशको राजनीति नैदुष्प्रभावित हुनेछ, हामी जनताको चासोको विषयचाहिँ यो हो।

दाहालका भनाइमा असंगत कुरा धेरै छन्। जस्तो कि उनी जंगल पस्छु पनि भन्छन् र आन्दोलन शान्तिपूर्ण हुनेछ पनि भन्छन्। शान्तिपूर्ण ‘आन्दोलनै’ गर्न त किन जंगल पस्नुपर्छ र?

दाहालका भनाइमा असङ्गत कुरा धेरै छन्। जस्तोकि उनी जंगल पस्छु पनि भन्छन् र आन्दोलन शान्तिपूर्ण हुनेछ पनि भन्छन्। शान्तिपूर्ण ‘आन्दोलनै’ गर्न त किन जंगलपस्नुपर्छ र? दलभित्रका भ्रष्टाचारीलाई पार्टीले आन्तरिक कारबाही गर्नु, केस हेरीराज्य संयन्त्रबाट पनि कारबाही गर्न लाउनु, सरकारलाई राम्रो काम गर्न लाउनु, कमसेकम आफ्ना पक्ष/कोटाका मन्त्रीहरूलाई राम्रो काम गर्न लाउनु, नगरे तिनलाई बर्खास्त गर्नु वा फिर्ता बोलाउनु, आफ्नो र आफ्ना सहयोगीहरूको आचरण उदाहरणीय बनाउनु, पार्टीभित्र र बाहिर पनि सही मुद्दा उठाउनु, सही मुद्दा र सही आचरणका आधारमा जनताको मन जित्नु–पार्टीमा शुद्धीकरण र सुधारका यस्ता याबत कामगर्न उनलाई कसले रोकेको छ?कसैले रोक्न खोजेछन् भने पनि तिनलाई जनसमक्ष लगेर नङ्गयाउन र जनतासँग सम्वाद एवं सहकार्य गर्नत जंगलभन्दा धुम्बाराही नै उपयुक्त स्थल होला।

दाहाल कथनका अन्तर्य
तर किन उनी त्यसो गर्दैनन्र बरु आन्दोलन गर्ने, जंगल पस्ने धम्की दिइरहन्छन् त? कारण अरु नै छन्। जस्तोकिउनी ओलीसँग भएको भनिएको ‘आलोपालो प्रधानमन्त्री बन्ने भद्र (गोप्य) सहमति’ बमोजिम प्रधानमन्त्री बन्न चाहन्छन्, त्यो पनि छिटै।तर ओली प्रधानमन्त्रीको कुर्सी छाड्न चाहँदै चाहँदैनन्,न छिटो न सुस्तरी।यहाँसम्म कि निरन्तर बिरामी भइरहँदा पनि।त्यस्तै उनी पार्टीको दुईमध्येको ‘कान्छो’ र शक्तिहीन अध्यक्ष भएर बस्न चाहँदैनन्। सकभर एकल अध्यक्षकै अधिकार चाहन्छन्, नभए पनि ओलीको बराबर।जसमा ओली बाधक छन्। आफ्ना पक्षका मन्त्रीहरू प्रधानमन्त्रीप्रति भन्दा पनि आफूप्रति जवाफदेही होउन् भन्ने चाहन्छन् जुन कुरा हाम्रो प्रधानमन्त्रीय शासन पद्धतिसँग मेल खाँदैन। नियुक्तिहरूमा अधिकाधिक आफ्ना मान्छे परुन्, त्यस्तैपार्टी एकताका क्रममा पनि आफ्ना पक्षका मानिसले अधिकाधिकपद र जिम्मेवारी प्राप्त गरुन् भन्ने चाहन्छन्। जुन भागबन्डाको सकसले दलभित्र आपसमा झगडा परिरहन्छ।

भित्री कुरा यी हुन् तर बाहिर उनी प्राप्त उपलब्धि हरण हुन लागेको,संघीयता कार्यान्वयनमा बेवास्ता गरिएको जस्ता अमूर्त, असत्य वा अर्धसत्य कुरा गरिरहन्छन्।सिद्धान्त र आदर्शका कुरा गरिरहन्छन्। मानिलिँ, प्रदेश र स्थानीय सरकारलाई धेरै अधिकार दिने कुरामा सरकार उत्साही देखिएनरे, तके दाहाल चाहिँ यसमा दोषमुक्त छन् त? पार्टी एकता गर्दैखेरिअधिकार बाँडफाँटको स्पष्ट मार्गचित्रसहितको सहमति गर्न पर्दैनथ्यो एमालेसँग? त्यति बेलाचाहिँ चुनाव जित्ने र जितेर सत्तामा जाने हतारमा त्यस्तो केही नगरी एकता घोषणा गर्ने, अनि अहिले आएर विषयगतमतभिन्नताका कुरा गरेर हुन्छ? फेरि७ प्रदेशमध्ये २ प्रदेशमा त पूर्वमाओवादी घटककै मुख्यमन्त्री छन्। संघीयता कार्यान्वयनका लागि उनीहरूलेसंघीय सरकारलाई दबाब दिने कि दाहालले जंगल जाने? ४ वटा प्रदेशका पूर्वएमाले पक्षीयमुख्यमन्त्रीले समेत यो कुरा उठाइरहँदापार्टीका अध्यक्ष दाहालले यो विषयलाई पार्टीको कार्यसूचीमा समावेश गराउने कि जंगल पस्ने?

हुन त दाहालको बोलीको ठेगान हुँदैन। अझ दलभित्रका आफ्ना प्रतिद्वन्द्वी नेताहरूप्रति लक्षित असन्तुष्टिका हकमा त पछि गएर मैले त्यसो भनेकै छैन, यो सब मिडियाले बङ्गयाएको हो, विरोधीहरूको प्रचारबाजी हो, हाम्राबीच फाटो ल्याउने प्रतिक्रियावादीहरूको षडयन्त्र हो भन्दिएका उदाहरण झन् धेरै छन्।

दाहालसँग जनताका प्रश्न
दाहालसँग हामी नेपाली जनताका थुप्रै प्रश्न छन्। के उनका राजनीतिक महत्वाकांक्षा पूर्ति एवं पद व्यवस्थापनका लागि हामी जनताले फेरि अर्को आन्दोलन गर्नुपर्ने हो? उनको र उनका परिवार तथा अनुयायीहरूका बहुचर्चित पद र सुख÷सुविधाका लागि देशले फेरि आन्दोलन सामना गर्नुपर्ने हो? उनी छातीमा हात राखेर भनुन्, पुनः विद्रोह वा आन्दोलनको आवश्यकता र सम्भावनाबारे स्वयम् उनी कत्तिको विश्वस्त छन् ? जंगल पसेर विद्रोह गर्नलार्ई त उनको दलबाट चोइटिएर गएको, शान्ति प्रक्रियामै नआएकोविप्लव समूहछँदैछनि। त्यो समूहको प्रभाव र लोकप्रियताबाटै दाहाललाई प्रष्ट हुनुपर्ने हो–भोलि विद्रोहमा गए भने उनको के हविगत हुनेछ भनेर। उनीबाट धोका पाएका पूर्वलडाकू, त्यो देखेका अरु युवा र अहिले सत्तामा गएर मोज गर्ने बानी लागेका उनकै पूर्वमाओवादीमध्ये कतिउनको‘विद्रोह’मा आउलान्, गमून् दाहालले। 

भित्री कुरा छाडौँ।उनले बाहिर भनेकै कुरालाई एकछिन पत्याउँ। जस्तोकिसमाजवादको उद्देश्य प्राप्तिका लागि आन्दोलन गर्ने। संसारकै इतिहासमा सर्वाधिक दुरुपयोग भएको,अर्थ हराएको र प्रयोगमा विकृत÷विफलभएको समाजवादका नाममा के अब पनि मान्छे आन्दोलनमा आउँछन् ?संसारभर असफल भएको देख्दादेख्दै सर्वहाराको अधिनायकवादतथाएकदलीय कम्युनिस्ट शासन स्थापना गर्न दस वर्षसम्म क्रूर हिंसक विद्रोह गरेकादाहाल स्वयम् त्यसमा सफल नभएर जातीय असन्तुष्टिलाई उचाल्दै अन्ततः लोकतान्त्रिक गणतन्त्रकै मूलधारमा आइपुगेका होइनन्र सम्झौता गरेर? कुनै जमानामा आफूहरूले सराप्नुसम्म सरापेको संसदीय लोकतन्त्र र पुँजीवादी अर्थव्यवस्था अंगालेर यतिखेरआफन्ती पुँजीवादको गुलियो चाटिरहेकाउनीहरूलेविभिन्न समूहलाई थोथोरै भत्ता बाँड्नुलाई नै समाजवाद मानेका देखिन्छन्,भलै मुलुकले त्यसलाई धान्न कठिन किन नहोस्। अनि त्यही ‘समाजवाद’का लागि आन्दोलन?

अन्त्यमा,
वास्तवमा, दाहालले अब मृत विचारधारालाई मृत भनी स्वीकार्नैपर्छ। दुनिया र देशको अर्थराजनीतिको शाश्वत सत्य र वस्तुगत अवस्था स्वीकार्नैपर्छ। आफूहरूले स्वीकारेर आएको शान्ति प्रक्रिया र आफूहरूसमेतले बनाएको संविधानप्रति इमानदार हुनैपर्छ र खेलको नियम(रुल अफ् गेम)लाई मानेरै राजनीति गर्नुपर्छ। सधैँ हातले हानेर गोल गर्न पाइँदैन। बाउन्न र बासट्ठीका बीच उनले जति ‘ह्यान्ड गोल’हाने, हाने,अब त्यस्तो खेलले मान्यता पाउँदैन। नेपाली जनता अब आन्दोलन, विद्रोह भन्ने शब्द सुन्न पनि चाहँदैनन्।जतिसुकै अमूर्त, द्वैअर्थी, त्रिअर्थीरूपमा व्यक्त किन नहोस्,आन्दोलन/विद्रोहकोे धम्की/घुर्कीले दाहालको बचे÷खुचेको लोकप्रियता, विश्वसनीयता र ‘अपील’लाईपनि समाप्त पार्नेछ। समयको तकाजा, देशकोपुकारार जनताका चाहना उनी पुष्पकमल दाहाल बनेर राष्ट्रनिर्माणमा सहभागी होउन्भन्ने छ,प्रचण्ड बनेर आन्दोलन गरुन् भन्ने छैन।








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad