coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बार्सिलोनालाई सात मिनेट महंगो

मड्रिड – स्ट्राइकर लियोनल मेसीले पुनः गोल गरे। तर सात मिनेटको अन्तरमा तीन गोल खाएको बार्सिलोनालाई लेभान्टेविरुद्ध हारको संघारबाट भने जोगाउन सकेनन्।

बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबारको खेलमा लेभान्टेसँग ३–१ ले स्तब्ध भएको हो। मेसीले पहिलो हाफको छैटौं मिनेटमा पेनाल्टीलाई जाली चुमाउँदै बार्सिलोनालाई खेलमा अघि बढाएका थिए। जुन मेसीका लागि पाँच खेलमा छैटौं गोल हो। तर दोस्रो हाफमा उत्कृष्ट लयमा देखिएको लेभान्टेलाई रोक्न भने बार्सिलोना सफल भएन।

६१औं मिनेटमा जोजे काम्पानाको गोलबाट लेभान्टे खेलमा फर्कियो। त्यसको २ मिनेटपछि नै बोर्जा मायोरालले गोल गर्दै लेभान्टेलाई खेलमा अघि बढाएका थिए। ६८आंै मिनेटमा नेमान्जा राडोजाले लेभान्टेको अग्रता ३–१ मा पु¥याएका थिए। यस जितपछि ११ खेलबाट १७ अंक जोडेको लेभान्टे आठौं स्थानमा उक्लिएको छ भने समान खेलबाट २२ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा यथावत छ।

यता ११ खेलमै समान २२ अंक जोडेको रियाल मड्रिड गोलअन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ भने एट्लेटिको मड्रिड र सेभिया समान २१ अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन्। ग्रानडा २० अंक बटुल्दै पाँचौं स्थानमा छ।

‘सबै स्पष्ट छ,’बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले भने, ‘हामीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सकेनौं। हामीले गोलको अवसर पनि सिर्जना गर्न सकेनांै। अग्रता लिइरहँदा सात मिनेटको अन्तरमा लगातार ३ गोल खादै नतिजा सुम्पिँदा स्पब्ध छौं।’

सबै खाले प्रतियोगिता गरी पछिल्ला सात खेलमा लगातार हात पारेको सुखद नतिजापछि लेभान्टेविरुद्ध बार्सिलोना सहजै हाबी हुने अनुमान गरिएको थियो। छैटौं मिनेटमा मेसीले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए, जुन दाँया खुट्टाले उनले गरेको खेल जीवनको ५ सयौं गोल थियो।

‘हाम्रा विपक्षीले सधैं हामीविरुद्धको खेललाई उच्च प्राथमिकतामा राख्छन्, त्यहीअनुरूप रणनीति बनाउँछन्। कोही सफल हुन्छन् कोही असफल,’भाल्भार्डेले थपे, ’लेभान्टेको रणनीति आज सफल भयो।’ हारसँगै लुइस स्वारेजको चोट बार्सिलोनाका लागि अर्को चिन्ताको विषय बनेको छ। ४१औं मिनेटमा स्वारेज चोटका कारण मैदान छोड्न बाध्य भएका थिए।

यससँगै स्वारेज च्याम्पियन्स लिगअन्तर्गत मंगलबार स्लाभिया पाराग्युविरुद्ध हुने खेलमा मैदान उत्रनेमा द्विविधा बढेको छ। ला लिगाअन्तर्गत शनिबारकै अन्य खेलमा रियाल मड्रिड रियाल बेटिससँग गोलरहित बराबरीमा रोकिँदा एट्लेटिको र सेभियाले पनि १–१ को बराबरी खेले।

मेसीले पहिलो हाफको छैटौं मिनेटमा पेनाल्टीलाई जाली चुमाउँदै बार्सिलोनालाई खेलमा अघि बढाएका थिए। जुन मेसीका लागि पाँच खेलमा छैटौं गोल हो। तर दोस्रो हाफमा उत्कृष्ट लयमा देखिएको लेभान्टेलाई रोक्न भने बार्सिलोना सफल भएन।

प्रकाशित: १८ कार्तिक २०७६ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App