coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले र मधेसी दल विखण्डन ल्याउने षडयन्त्रमा: सभापति देउवा

इटहरी–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संसोशनको प्रस्तावमा प्रमुख प्रतिपक्षी एमालेसँगै मधेसी दलहरु बिखण्डन ल्याउने षडयन्त्रमा लागेको जिकिर गरेका छन्। उनले पहाड–मधेसका जनताका जनताबीच बैमनस्यता र अमनचैयन कायम हुन नदिएर दुवै पक्ष बिखण्डन ल्याउन खेलमा लागेको बताए।

‘दुवै पक्ष पहाड र मधेसका बीचमा मेलमिलाप हुन नदिने खेलमा लागेका छन,’ सभापति देउवाले शनिबार सुनसरी लौकहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गदैं भने, ‘पहाड–मधेसबीच मेलमिलाप हुन नदिन षडयन्त्रमा लाग्नेको खिलापमा काँग्रेस लाग्नेछ।’ उनले सच्चा राष्ट्रवादी र देशभक्त मधेसका जनताप्रति एमालेले शंका गर्नु गलत भएको र मधेसीले जनताको भावना विरुद्द काम गरेको बताउँदै राष्ट्रभक्तिलाई निरास बनाएर अलग पार्ने काम कसैबाट हुन नहुने बताए।

‘एमालेले नचाँहिदो विदेश बिरोधी देखाएर पहाड–मधेसबीच मेलमिलाप हुन नदिने खेलमा लागेको छ भने मधेसवादी दलहरु मधेसका जनताको भावना कदर गरेका छैनन,’ देउवाले भने। उनले मधेसी जनताको हितमा काँग्रेसबाहेक अन्य दलहरु गम्भीर नभएको समेत आरोप लगाए।

‘मधेस–पहाडका जनता मिलेर बस्न चाहन्छन,’ देउवाले भने, ‘मिल्न नदिने खेलमा लाग्नेबिरुद्ध सम्पूर्ण एक ढिक्का भएर लाग्नुपर्छ।’ नेपाली काँग्रेसका नेता विपी कोइराला र गिरिजाप्रसाद कोइरालाको राजनीतिक आधार इलाका लौकहीमा सभापति भएपछि पहिलोपटक आएर सम्बोधन गरेका देउवाले नक्साङ्कन एमालेकै सहमतिमा ल्याएकाले उसले बिरोध गर्नुको कुनै अर्थ नरहेको प्रस्टाए । ‘अहिले ल्याएको प्रस्वतावमा ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नं. प्रदेशमा मिलाउने एमालेसँग पहिला भएको सहमति अनुसार नै ल्याएको हो,’ उनले भने।

पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बरमा लैजाने गरी संशोधन विधेयक ल्याएको भनेर सरकारको आलोचना र बिरोध भइरहेको बेला देउवाले एमालेकै सहमतिमा नक्साङ्कनको प्रस्ताव ल्याएको उनले बताउँदै एमालेले बिरोध गर्नु कुनै आधार नभएको बताए।

‘एमालेसँग भएको सहमति अनुसार नै नक्सांकनको प्रस्ताव ल्याएकाले गर्दा नैतिकताका लागि पनि समर्थन गर्छ,’ उनले भने । सभपाति देउवाले संसदमा दर्ता गरिएको संविधान संसोधनको प्रस्ताव पारित भएरै छाडने जिकिर गरे ।

काँग्रेस क्षेत्र नं. ५ क्षेत्रीय समितिद्वारा अहिले सरकारले ससदमा दर्ता गरेको संविधान संशोधनमा एमाले र मधेसदी दलले असन्तुष्ट जनाएपछि त्यसलाई चिर्न कार्यक्रम गरिएको थियो। कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य महेश आचार्यले मधेसी दल र एमालेले विखण्डनको राजनीति अघि बढाएको जिकिर गरे। ‘एमाले–मधेसी दलको उग्रता नेपाली काँग्रेसलाई मान्य हुने छैन,’ उनले भने । कार्यक्रमा नेपाली काँग्रेसका केन्द्रीय नेतासँगै स्थानीय नेताले सम्बोधन गरे।

कार्यक्रमअघि पत्रकारसँग संक्षिप्त कुराकानी गदैं सभापति देउवाले मधेसी दल समेत संविधान संसोधनको प्रस्तावबाट असन्तुष्ट भएको प्रसंगमा मधेसका जनताका लागि गरिएको पार्टीका लागि नभएको बताए। ‘संविधान संशोधन मधेसका लागि जनताका लागि हो, पार्टीको माग पुरा गर्न होइन,’ उनले भने, ‘मधेसका जनताका माग पूरा गर्नुपर्छ ।’
 

प्रकाशित: १९ मंसिर २०७३ ०५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App