coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सलमानको ‘क्वाथा’ मा सुनिल

काठमाडौं  – बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘क्वाथा’ मा कलाकार सुनिल थापा देखिने भएका छन्। बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफको डेब्यु फिल्म ‘क्वाथा’ लाई सलमान खान प्रोडक्सनले निमार्ण गर्दैछ।

‘बलिउड अभिनेता सलमान खानको नयाँ फिल्मको लागि प्रस्ताव आएको हो। फिल्ममा काम गर्ने टुंगो लागेपनि औपचारिक सम्झौता हुन बाँकी छ,’ उनले भने, ‘तीन वटा नेपाली फिल्मको काम सिध्याएर आगामी जनवरीदेखि सो फिल्मको सुटिङमा सहभागी हुनेछु।’

कलाकार थापा यसअघि अभिनेत्री प्रियंका चोपडा अभिनित ‘मेरी कोम’ मा देखिएका थिए। सन् २०२० मा रिजिल हुने घोषणा गरेको सो फिल्मलाई करन भुटानीले निर्देशन गर्दैछन्। आयुष शर्माको मुख्य भूमिका रहेको सो फिल्मको सुटिङ अक्टोबरको अन्तिम साताबाट सुरु भएको थियो।

 

प्रकाशित: १८ कार्तिक २०७६ ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App