संविधान संशोधन प्रस्ताव महत्वपूर्ण कदम : भारत

आइतबार, १९ मङि्सर २०७३, १० : ५८ नागरिक

काठमडौं— पाँच नम्बर प्रदेश टुक्र्याउने तथा हिन्दी भाषालाई संवैधानिक हैसियत प्रदान गर्नेगरी संसदमा दर्ता भएको सात बुँदे संशोधन प्रस्तावलाई भारतले ‘नेपालको संविधानमा एउटा महत्वपूर्ण कदम’ भनेको छ।
एक इमेलबाट पठाइएका ती सात बुँदा आफूहरुको नभएको भन्दै पछि दूतावासले खण्डन गरेको थियो। १४ महिनापछि तिनै सात बुँदा सम्बोधन गर्ने पुष्पकमल दाहाल सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि भारत त्यसप्रति सकारात्मक देखिएको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले शनिबार एउटा प्रश्नको जवाफमा भने, ‘नेपालको संसदमा नोभेम्बर २९ मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अहिले भइरहेका प्रयासमध्ये एउटा महत्वपूर्ण कदम हो। हामी चाहन्छौं यो प्रक्रियामा सबै पक्षमासरिक होउन्। हामीलाई आशा छ अहिले भइरहेको प्रयास सफलतापूर्वक सम्पन्न हुनेछ।’
 
संविधान सभाबाट संविधान जारी गरेकोमा क्रुद्ध भारतले नेपालमाथि पाँच महिना नाकाबन्दी गरेको थियो। नाकाबन्दीकै समयमा भारतले ७ बुँदे संशोधन प्रस्ताव अघि सारेको थियो। ती बुँदा सन् २०१५ सेप्टेम्बरको अन्तिम हप्ता नेपालका लागि भारतीय राजदूत रणजीत रायले आफ्नो च्यानलमार्फत् नेपाली राजनीतिक नेता तथा प्रभावशाली मिडियालाई उपलब्ध गराएका थिए। एक इमेलबाट पठाइएका ती सात बुँदा आफूहरुको नभएको भन्दै पछि दूतावासले खण्डन गरेको थियो। १४ महिनापछि तिनै सात बुँदा सम्बोधन गर्न पुष्पकमल दाहाल सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि भारत त्यसप्रति सकारात्मक देखिएको हो।
 
‘शान्ति, स्थायित्व र प्रगतिप्रति दुवै छिमेकी भारत नेपालको साझा चासो र सरोकार हो’, परराष्ट्र प्रवक्ताको भनाइ भन्दै आइतबार भारतीय दूवतासले उपलब्ध गराएको इमेलमा भनिएको छ, ‘संवादको माध्यमबाट समाजका आकांक्षहरुको पूर्तिका निम्ति नेपाल सरकारको पहलमा हामीले सदैव सघाउँदै आएका छौं।’







यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad