लहान–सरकारले विपन्न, गरिबकालागि उपलब्ध गराउने सेवा वितरण नगरी अनियमितता गरेको विषय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका लागि नौलौ उठान होइन। बेथितिको हद पार गरेको यो अस्पतालको सेवा सुधारका लागि जति आवाज उठेपनि परिवर्तन हुन सकेको छैन्। उपकरण छ सेवा छैन् । दरबन्दी छ, डाक्टर छैन । आम्दानी छ सदुपयोग छैन। सुविधा आउँछ वितरण हुँदैन ।
यी सब बेथितिले थलिएको यो अस्पतालको सेवा सुधारकालागि सप्तरी जिल्ला गोइठी गाउँ निवासी सदभावना पार्टीका जिल्ला गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी १३ दिन देखि आमरण अनसन बसेका छन्।
राजनीतिक दल, नागरिक समाज धेरैले धेरै पटक आवज उठाएपनि यस अस्पतालको सेवा सुधारको कुनै छाँट नदेखिएपछि उनी अस्पताल परिसरकै पिपल रुखमुनी आमरण अनसन बसेका हुन्। ‘१२ दिन भयो न अस्ताल प्रसाशन न सरकार कसैको चासो देखिएन’, गान्धीवादी आन्दोलनका अनुयायी तिवारी भन्छन्,‘सुविधा दिएपछि यसको लाभ जनताले पाएन नपाएको हेर्ने कोही नहुनु दुखद् पक्ष हो।’
यो अस्पतामा आउने विरामीलाई डाक्टरहरुले निजी अस्पतालमा रेफर गर्ने गरेको भन्दै तिवारले भने, ‘मेरो सत्याग्रह गरिब विपन्नकालागि उपलब्ध सरकारी सुविधाको सेवा उनीहरुले पाउने समुचित ब्यवस्था होस् भन्नकालागि हो।’
‘गरिब विपन्न गाउँबाट सस्तो र गुणस्तरीय सेवाको आश पालेर आउने गरिव जनता निजी अस्पतालको चर्को उपचार बोझबाट कहिलेसम्म बोझिने ? तिवारी भन्छन्, ‘ सरकारले यी वर्गका लागि ब्यवस्था गरेको सुविधाको लाभ उनीहरुले पाउने ब्यवस्था होस्।’
सरकारी सेवामा गरिब विपन्नको पहुँच स्थापित गराउने तिवारीको सत्याग्रह जायज भन्नेहरु प्रसस्त छन । तिवारीको लोककल्याणकारी माग सम्बोधन गर्न अस्पताल प्रसाशन एवं सरकार मौन देखिनु दुखद् पक्ष भएको भन्दै संयुतm लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले सरकारको ध्यानआकर्षण गराएका छन्।
अनसनरत तिवारीको शरीरमा पानीको मात्रा कम भई स्वास्थ्य नाजुक भएपछि शनिबारबाट स्लाइन चढाउन थालिएको छ । शनिबारबाटै तिवारीको अनसनलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समर्थन जनाएको छ। राजविराजको सरकारी अस्पतालमा उपलब्ध सेवा सुविधा जनतासम्म पुगोस, व्याप्त अनियमितताको छानबिन होस् भन्दै तिवारी १३ दिनदेखि अनसनरत छन्। तिवारी भन्छन्,‘अनसानको २२ बुँदे माँगमा अनियमितता छानविन बाहेकका माग तत्काल पूरा गर्न सकिने छ ।’
प्रकाशित: १९ मंसिर २०७३ ०५:०३ आइतबार