coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुख नियुक्ति गर्न सरकारले डाक्याे मन्त्रिपरिषद् बैठक

काठमाडाैँ – राष्ट्रपतिले सातै प्रदेशको प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको छ । नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि छलफल गर्नका लागि सरकारले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक बिहान ११ः०० बजे बस्न लागेको हो। आइतबार बिहान पनि बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला  र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेको थियो । लगत्तै सोही दिन साँझ बैठक बस्ने भनिएपनि आन्तरिक तयारी नपुगेका कारण आजसम्मका लागि बैठक स्थगन भएको बुझएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेको जानकारी गराइएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको जनाइएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ– ‘आइतबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार,मन्त्रिपरिषद्को मिति २०७६/७/१७ को निर्णयबाट सिफारिस भइ आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१)  को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ।’

प्रकाशित: १८ कार्तिक २०७६ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App