४ वैशाख २०८१ मंगलबार
कला

नृत्यमा अब्बल दीक्षा

धादिङ - मेला, महोत्सव र सांस्कृतिक कार्यक्रम आठ वर्र्षीय दीक्षा ठकुरी नृत्य प्रस्तुत गरिरहेकी छिन्। लोकदोहोरी, आधुनिक र पप गीतमा नृत्य गर्न माहिर उनीको वाहवाही बटुल्दैछिन्।

धादिङबेसीमा आयोजना हुने कार्यक्रममा जब गायिका कुन्ती मोक्तानको स्वरमा रहेको ‘हिजो राती सपनीमा’ र हाउ फन्नी फिल्मको ‘शिरैमा शिरबन्दी’ लगायतका गीत बज्छन्, तब कार्यक्रममा सहभागी दर्शक दिक्षाको नाम लिएर ताली बजाउने गर्दछन्। उनको चर्चा जिल्लाभर आयोजना हुने सांस्कृतिक कार्यक्रमदेखि महोत्सवसम्म हुने गरेको छ।

जिल्ला सदरमुकाम धादिङबेसीको चिल्ड्रनपार्क आवासीय उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययन दीक्षा विभिन्न शैलीका नृत्य गर्न माहिर छिन्। यतिखेर उनको नृत्यको चर्चा धादिङ बजारमा हुने गरेको छ। उनले नृत्य गरेका विभिन्न कभर गीतहरु युट्युबमा लाखांै पटक हेरिएको छ। गायिका कुन्ती मोक्तानले स्वरमा रहेको ‘हिजो राती सपनीमा’, प्रियंका कार्कीको ‘शिरैमा शिरबन्दी’ र ‘बाउ बाजेको पाला’ जस्ता गीतहरुको कभर संगमा उनको नृत्यलाई ४० लाख पटक हेरिएको छ।

केही समयअघि सामाजिक सञ्जाल युट्युबमा चर्चित भएको, ‘यो दिलमा तिम्रै नाम भाइरल भइदियो’ गीतमा दीक्षाको नृत्य भाइरल भएको थियो। नृत्यपछि दिक्षाको चर्चा झनै उचाईमा पुगेको छ। उनले भाइरल भैदियो भन्ने गीतमा नृत्य गरेपछि करेन्ट तयारी चाउचाउको विज्ञापनमा समेत खेल्ने अवसर पाएकी थिइन्। उनको नृत्य कौशलबाट प्रभावित भएर इन्टरनेट कम्पनी वल्र्डलिङ्कले आफ्नो प्रचारप्रसार गर्नको लागि पूर्वका चार शहरहरु झापा, विराटनगर, इलाम र धरानमा दीक्षाको कन्सर्ट गराएको थियो।

त्यसबापत उनलाई वल्र्डलिङ्कले आर्थिक सहयोग गरेको बुवा भेषराज ठकुरीले बताए। सानैदेखि गीत बजेपछि नाच्न सुरु गरिहाल्ने स्वाभावको रहेको उनका बुबा ठकुरीले बताए। ‘घरमा पनि टिभिमा गीत बजेको बेला नाचिरहने बानी थियो,’ उनले भने, ‘बाहिरी कार्यक्रममा पनि छोरीको नृत्यले चर्चा पाउन थालेपछि नृत्य सिक्ने कक्षामा भर्ना गरिदिएका हौं।’ मौलिक नेपाली गीतहरुमा नाच्न र गीतको शब्द अनुसार हाउभाउ निकाल्न उनी माहिर छिन्।

‘भाइरल भइदियो’ गीतपछि दीक्षालाइ भिडियो खेलाउन र महोत्सवहरुमा नृत्य गराउनको लागि अफर आएको उनकी आमा कृपा ठकुरीले बताइन्। ‘सानी छ। भर्खर स्कुल जान थालेकी छ,’ उनले भनिन्, ‘चर्चा भन्दा पनि अहिले पढाइ ठुलो कुरा भएकाले विद्यालय बिदा भएको समय भन्दाबाहेक अरु बेला कतै पठाउने गरेको छैन।’

प्रकाशित: १८ कार्तिक २०७६ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App