coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उम्मेदवार टुंगो लगाउँदै दलहरू

काठमाडौ – प्रमुख राजनीतिक दलहरूले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार टुंगो लगाउन सक्रिय भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार उम्मेदवार टुंगो लगाएका छन् भने नेपाली कांग्रेसले मंगलबार मात्र उम्मेदवार छान्ने भएको छ ।

नेकपा सचिवालयको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कास्की –२ मा हुने प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई, प्रदेशसभा सदस्यअन्र्तगत भक्तपुरमा देवीप्रसाद ढकाल, दाङमा विमला ओली र धरान उपमहानगरपालिकमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बाग्लुङमा भने राष्ट्रिय जनमोर्चालाई सहयोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै, राप्रपाको आइतबारको बैठकले कास्की–२ मा पार्टी केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेशसभा अन्र्तगत दाङ ३ (ख)मा भूपाल राउत र बागलुङ २ (ख)मा गणेश कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भक्तपुर १ (क)मा भने यथासिघ्रको उम्मेदवारको टुंगो लगाउने पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, कांग्रेस पदाधिकारी बैठकले आइतबार नै उम्मेदवारको टुंगो लगाउने बताए पनि दुई उपसभापति र कोषाध्यक्ष छठ पर्व मनाउन उपत्यका बाहिर रहेकाले मंगलबार बिहानका लागि बैठक सारेको छ । मंगलबार बिहान बैठक गरेर उम्मेदवार टुंगो लगाउने समझदारी गरेको कांग्रेसले प्रकाशमान सिंहसहितका नेतालाई पनि सहभागी गराउने विषयमा छलफल भएको थियो । नेता रामचन्द्र पौडेलले पार्टीका अन्य प्रभावशाली नेतालाई पनि सहभागि गराउनुपर्ने प्रस्तावपछि सभापति शेरबहादुर देउवाले उनीहरूसँग आफूले कुरा गर्ने बताएका छन् ।मंसिर १४ मा एक प्रतिनिधिसभासहित ५२ पदका लागि निर्वाचन हुँदैछ ।

 

प्रकाशित: १८ कार्तिक २०७६ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App