७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्रीको प्रश्नः गुठीका जग्गा खै?

फाइल तस्वीर

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले मातहतका सबै जग्गाको रेकर्ड तत्काल चुस्तदुरुस्त बनाउन गुठी संस्थानलाई कडा निर्देशन दिएकी छिन्।

उनले नेपाली जनताको सबैभन्दा ठूलो सम्पत्तिको रुपमा रहेको जग्गाको रेकर्ड समेत राख्न नसकेको भन्दै गुठी संस्थान नेतृत्वको चर्को आलोचना समेत गरेकी छिन्।

गुठी संस्थानको ५६ औं वार्षिकोत्सव समारोहको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले गुठीको जग्गामाथि चलखेल हुने गरेको आरोप लगाइन्।

मन्त्री अर्यालले त्यसको सत्यतथ्य बाहिर ल्याउन पनि गुठी संस्थानको नेतृत्वलाई सचेत समेत गराएकी छिन्। ‘जग्गाको हिसावले नेपालको सबैभन्दा धनी संस्थानको रुपमा रहेको गुठी संस्थान छ’ मन्त्री अर्यालले भनिन्,‘आफ्नो मातहतमा रहेका सबै जग्गाको विवरण तुरुन्त चुस्तदुरुस्त बनाउन पर्छ।’

मन्त्री अर्यालले ५५ वर्ष पूरा हुँदा पनि गुठी संस्थानले मातहतको जग्गा अतिक्रमित हुँदा पनि वास्ता नगरेको भन्दै आक्रोश पनि व्यक्त गरिन्। गुठी संस्थानसँग अतिक्रमित जग्गाको समेत एकीन रेकर्ड नभएकोमा मन्त्री अर्यालको आपत्ति छ। मन्त्री अर्यालको गुठी संस्थानलाई प्रश्न छ,‘गुठीका जग्गा कति अतिक्रमित भयो, त्यसको रेकर्ड खैं?’

 

प्रकाशित: १७ कार्तिक २०७६ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App