coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दिल र दुर्गा बीच भलिबल च्याम्पियन

काठमाडौं- त्रिभुवन आर्मी क्लबका दिल सुनार र दुर्गा महतोको जोडी छैटौं पुरुष बिच भलिबल च्याम्पियन भएको छ। उनीहरूले पहिलोपल्टबिच भलिबलको उपाधि जितेका हुन्। शनिबार काभ्रेको दोलालघाट सम्पन्नप्रतियोगितामा दिल र दुर्गाले आफ्नै क्लबका दीप खड्का र ऋषिधन थापामगरलाई २१–१६, २१–१२ ले पराजित गरे।दिल उत्कृष्ट खेलाडी पनि भए। उनले५ हजार पुरस्कार पाए। 

पाँचौं संस्करणको उपाधि एपिएफका सुरेश चौधरी र महेन्द्र श्रेष्ठले जितेका थिए। सुरेशले भाग लिएपनि  एपिएफस्पाइकर महेन्द्र एभिसी सेन्टर जोनका लागि बन्द प्रशिक्षणमा रहेकाले प्रतियोगितामा सहभागी भएनन्। महेन्द्रसँगै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका अन्य पुरुष खेलाडीले बिच भलिबलमा भाग लिएनन्।

तेस्रो स्थानका लागि नेपाल पुलिस क्लबका चन्द्र कुँवर र प्रज्वल मल्लले एपिएफका सुरेश र मिलन मल्ललाई २१– १२, २१–१७ ले हराए।

महिलातर्फ राष्ट्रिय टोलीकी स्पाइकर कोपिला उप्रेती र लिबेरो कमला पुन च्याम्पयन भए। राष्ट्रिय टोलीकी पहिलो रोजाइकी डिफेन्स कमला र स्पाइकर कोपिलाले एपिएफकी रेश्मा भण्डारी र निशाना बलालको जोडीलाई २१–१६, २१–६ ले हराए। कमला महिलातर्फ उत्कृष्ट भइन्। उनले ५ हजार पुरस्कार पाइन्। 

तेस्रो स्थानका लागि पश्चिमाञ्चलकी मञ्जु गुरुङ र अरुणा शाहीले पुलिसकी नीता शाह र मनीषा चौधरीमाथि ११–२१, २१–१६, १५–११ ले सफलता पाएका थिए।

दुवैको विजेता जोडीले समान २५ हजार, उपविजेताले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाए। तीनदिने प्रतियोगितामा पुरुषतर्फ १५ र महिलामा १४ टोलीले प्रतिस्पर्धा गरेका थिए। विजेतालाई नेकपा एमालेका सचिव योगेश भट्टराई, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष रञ्जन खड्का लगायतले पुरस्कृत गरेका थिए।

प्रकाशित: १९ मंसिर २०७३ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App