coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठको बिदाई

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठको विदाई तस्विर। तस्विरःमिथिलेश/नागरिक

लहान– उषाकालीन सूर्यलाई अर्घ दिएपछि छठ महापर्व आइतबार सम्पन्न भएको छ। झन्डै ३६ घण्टादेखि निर्जल तथा निराहार व्रत बसेका व्रतालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी अन्नजल ग्रहण गरेका छन्।

गत बिहीबार नहाय–खायसँगै पर्व सुरु भएको हो। छठ चार दिनसम्म मनाउने गरिन्छ। मधेस पहाडसहित देशका विभिन्न ठाउँका नदी, ताल, पोखरीमा हजारौं श्रद्धालु बिहानैदेखि भेला भएका थिए।

व्रतालुसँगै अन्य श्रद्धालुले पनि उदाउँदो सूर्यलाई दर्शन गरी प्रसाद ग्रहण गरे। यो पर्व निष्ठा पूर्वक मनाइने भएकाले समाजलाई अनुशासनमा बाँध्न सहयोग पुर्यायाएको समाजिक अभियन्ताहरु बताउँछन्।

सुस्वास्थ्य, दीर्घ जीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुखका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिन छठ मनाउँदै आएको छ।

प्रकाशित: १७ कार्तिक २०७६ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App