सिँजालाई सिँजाकै हैसियत

आइतबार, १७ कार्तिक २०७६, १० : २५ भैरव रिसाल

सिँजा यद् वा हाट सिँजा नेपाली भाषा, संस्कृति, संस्कार एवं सभ्यताको मात्र उद्गम थलो होइन। आत्मनिर्भर, स्वाभिमान र मागेर नखाने, गरिखाने उच्च अर्थतन्त्रको पनि उद्गम थलो हो भन्ने लेख्न पाउँदा गर्व लाग्छ। कता कता घमण्डको भावपनि टुसाउन खोज्छ।

गौरवपूर्ण यो धेरै नेपालीको पितृथलो सिँजालाई सिँजाकै सर्वोच्च हैसियतमा कसरी पु-याउने र सिँजाबाट इमानजमान कसरी सिक्ने भन्ने मेरो विचारमा आजको यक्ष प्रश्न हो भन्ने लाग्छ। सिँजा हाट सिँजाको चिनारी कर्णाली क्षेत्रको परिचय हो कि जुम्ला कर्णाली हाट सिँजाको चिनारी हो ठम्याउन सजिलो लाग्दैन। सिँजा एउटा उपत्यका हो भने जुम्ला खलङ्गा अर्को उपत्यका हो। त्यो विशाल एवं उतुङ्ग हिम शृंखालामा त्यस्ता सुन्दर उपत्यका पाउनु साँच्चै प्रकृतिले स्नेह गरेकै हो भन्ने लाग्छ।

पानी जीवन हुने सबैका निम्ति नभई नहुने वस्तु हो। तसर्थ प्रकृतिले दुईवटै उपत्यकामा खोला दिएको छ र दिएको छ खोलामा पानी। जमिन दिएकोछ, ऊर्वरा माटो दिएकोछ र पानी दिएकोछ। हालको नेपाल राष्ट्रका खासगरी बाहुन र क्षत्रीमध्ये धेरै थर गोत्रका वंशहरूको पितृभूमि हो भन्ने मान्यता छ। तसर्थ आ–आफ्ना पुस्ताको थातथलो खोज्न सिँजा जुम्ला धाउनेहरू पनि कहाँ कम छन् र ?राजेश्वर देवकोटा जस्ता विख्यात मान्छे पनि पुस्ता खोज्दै जुम्लाको देवकोटा वाडा पुगेको कुरा गर्वसाथ सुनाउँथे। यी सबै दृष्टिबाट नेपालको सिङ्गो इतिहासमा हाटसिँजा वा सिँजा उल्लेख्य स्थान हो भन्नु अतिशयोक्ति हो भन्ने लाग्दैन।

हवाईजहाजबाट चामल ल्याउने गलत काम पञ्चायती शासनले गर्न थालेपछि कर्णालीको आत्मनिर्भरताको उच्च उत्पादन संस्कृतिउपर प्रहार हुन थाल्यो। कर्णाली विपन्नतातर्फ ओर्लन लाग्यो। 

पुरानो कर्णाली क्षेत्र सबै दृष्टिबाट बलियो थियो। यस क्षेत्रका मान्छे सम्पन्न थिए, स्वावलम्बी थिए र थिए स्वाभिमानी पनि। कैयौँ लामो कालसम्म सम्पूर्ण कर्णाली क्षेत्र शासन–प्रशासनको केन्द्र सिँजा नै थियो। कर्णालीको सम्पूर्ण भूभाग नूनबाहेक अन्य वस्तु आयात गर्दैनथ्यो। नून प्रायः भोटबाट भोटेहरूले नै ल्याउँथे। भोटेहरूले भेडा, च्याङग्रालाई बोकाएर ल्याउँथे। अपवाद कहिलेकाहीँ यताबाट पनि नून लिन भोट जाने चलन थियो, यताबाट जानेहरू भने नून साट्न आ–आफैँ चामल बोकेर जान्थे।

जुम्ला होइन, डोल्पाको साइलाबाडा
भोटबाट ल्याउने नून ढिके हुन्थ्यो। त्यो नूनमा आयोडिन हुँदैनथ्यो जसका कारण निकै मान्छेमा गाँड आउँथ्यो। भोटेहरूले च्यांग्रा भेडाको उनको थैला बनाउँथे र नून थैलाका दुवैतिर हाली भेडा च्यांग्रालाई बोकाएर ल्याउँथे। त्यतिबेला पैसाको कारोबार साह्रै कम हुन्थ्यो। वस्तुविनिमय प्रणाली नै थियो मुख्य। कर्णालीतिर भेडाच्यांग्रालाई कर्णालीका ट्रक भनिन्थ्यो।

सामुदायिक वनको अवधारणा आएपछि यो प्राचीनतम नून व्यापार क्रमशः हराउँदै गयो र लोपै भएजस्तो छ। नून साट्न चामल, कोदो जस्ता अन्न नै चाहिने हुँदा सिँजालगायत कर्णाली क्षेत्रमा अन्न खेती सघनरूपमा गरिन्थ्यो। पुराना पुस्ताका कर्णालीका मान्छे अझै गर्वसाथ भन्ने गर्छन्– सम्पूर्ण कर्णाली आफू पूरै पालिएर भोटलाई समेत पाल्थ्यो। कर्णाली बासीको मुखाकृतिमा ओज थियो, ऊर्जा थियो र थियो अहम् पनि। ती सबैको केन्द्र हो सिँजा।

त्यो युगको आत्मनिर्भर कर्णाली क्षेत्रकै इज्जत र प्रतिष्ठाले आकाश छोएको थियो। ‘भाते’ (चामलको भातै खानुपर्ने) अपसंस्कृति कर्णालीभित्र प्रवेश गरेको थिएन। यद्यपि धान खेती पनि यत्किञ्चित कर्णालीमा नहुने थिएन। धानको भातै खाने मान्छेको संख्या कहाँ धेरै छ र संसारमा। सवासात अर्ब जति मान्छेमा एक चौथाइ मान्छे पनि भात खाँदैनन्। बाइसे चौबीसे राजा रजौटाका पालामा उहिल्यै बाबा चन्दननाथ काश्मीरबाट हिमाली भेगमा फल्ने मार्सी धानको बीउसमेत लिएर जुम्ला आएछन्। बाबा पनि आउनु हिमाली धानको बीउ पनि ल्याउनु के थियो कर्णाली धान युगमा प्रवेश ग¥यो। तारतम्य मिल्यो।

कर्णालीबासीहरू साहूको गलैँचा घर घर डुलाइ बेची पेट पाल्छन्, शिलाजीत, गुच्चीच्याउ, यार्सागुम्बु जस्ता कर्णालीका अनेकौँ जडीबुटी बेचेर जीविका चलाउँछन् तर मागेर खाँदैनन्। यो हो सिँजा सभ्यता, संस्कार र संस्कृतिले सिकाएको आचरण र व्यवहार।

धान खेतीको प्रसङ्ग उठ्दा अहिलेसम्म पनि एउटा मान्यता छ त्यो हो संसारकै अग्लो ठाउँमा धान खेती हुने भनेको जुम्ला खलङ्गा हो। तर त्यो भनाइको विपक्षमा छन् कर्णाली डोल्पाका चिन्तक वरिष्ठ ज्येष्ठ नागरिक सन्तराम थकाली। उनको दाबी छ– डोल्पाको २,८०४.१६ मिटर अग्लो साइलाबाडा र २७७३.६८ मिटर अग्लो देवकोटाबाडामा पनि धान खेती हुन्छ। जुम्ला खलङ्गा त २५१४ मिटरमात्र अग्लो हो। यसमा चित्त नबुझाउनेहरूले पुनः अध्ययन गराउनु सबभन्दा जाती होला। जुम्ला, डोल्पा जस्ता कर्णालीका प्रायः भागमा वैशाखसम्म पनि चिसो रहन्छ। तसर्थ धानको बीउ उमार्ने अर्कै विधि प्रयोग गर्नुपर्छ।

भोकमरीमा हैन, भातमरीमा
चैत १२ गते जुम्लामा धानको बीउ राख्नुपर्छ। दसैँ तिहार मानेपछि जुम्ली कमाउन प्रायः भारततर्फ जान्छन्। तर जहाँ गएको जुम्ली भए पनि चैत १२ गतेभित्र घर फर्कन्छन्। त्यता एउटा मान्यता नै छ– ‘चैत १२ गते नआएको जुम्ली म¥यो भनी जान्नू।’ किनकि १२ चैतमा धानको बीउ भिजाउनै पर्छ। चैत १२ मा मनतातो पानीमा थानको बीउ भिजाइन्छ।

त्यो ढाडिएपछि घरको तातो ठाउँमा वा आफू सुत्ने ओछ्यानमुनि फिँजेर राखिन्छ। मान्छेको तातोले त्यो धानको बीउ टुसाउछ केही दिनपछि। टुसाएको त्यो बीउ धान पानी ब्याडमा छरिन्छ र पछि रोपिन्छ खेतमा। धान रोपाइँका दिन बाजा बजाइन्छ हिलो छ्यापाछ्याप गरिन्छ। एक प्रकारको रोपाइँ उत्सव नै गरिन्छ।

त्यो जमानामा जुम्लामा साबुन पुग्नै दुर्लभ। नेपालमै पनि दोस्रो विश्वयुद्धको दौरान जुद्धशमशेरको पालामा विराटनगरमा पहिलो साबुन (डल्ले) कारखाना खुलेको हो। तब जुम्लामा केको साबुन ? चिसो ठाउँ, आगो नतापी बाँच्नै मुस्किल। आगो ताप्दा लुगा मैलो हुने। तसर्थ जुम्ली मैलो हुने नै भो।। त्यो युगमा मैलो जुम्ली, हुम्लीलाई जुम्ली, हुम्ली भनी सम्बोधन गर्दा सम्मान, प्रतिष्ठा र इज्जत ठानिन्थ्यो। तर केही समययता जुम्ली, हुम्ली भन्ने सम्बोधनलाई होच्याएको, हेला गरिएको, अपमान गरिएको ठानिन थालिएको छ।

वास्तवमा ती सम्बोधनका शब्द स्वावलम्बन, परिश्रम, स्वाभिमान, स्वाधीनताका पर्यायवाची शब्द थिए। कर्णालीबासीको हात कहिल्यै खाली हुँदैन। गोठालो जाँदा होस् वा कतै हिँड्दा पनि खोकिलामा राखेको भेडाच्यांग्राको ऊन हातले कातो घुमायो, धागो कात्दै हिँड्दै। हिँडुवा व्यापार। जाँगर र उत्साहलाई खोकिलाबाट झिक्यो, कमायो कत्रो आदर्श, स्वावलम्बनको।

विशेषखालका (हिउँमा लगाउने जुत्ता) दोचा आफैँ बनाउने। अचेल सार्वजनिक कार्यक्रममा ठूलो स्वरले कर्णाली गर्जन्छ यदाकदा। १७९४ सालअघिसम्म कर्णाली स्वतन्त्र थियो, स्वायत्त थियो, स्वावलम्वी थियो, आत्मनिर्भर थियो भन्दै। जब गोर्खालीले कर्णाली कब्जा ग¥यो तबदेखि कर्णाली ओरालो लाग्न थाल्यो। चामलको राजनीति, नूनको राजनीति जब सुरु भो २०२८ तिरदेखि पञ्चायत आएपछि तब कर्णाली थला बस्न लागेको हो, गरिब हुन थालेको हो। कर्णालीमा अहिले भोकमरीको होइन, भातमरीकालागि अनिकाल लागेको हो। यो भातमरीको कारण कर्णाली गरिब देखिन लागेको हो भन्नेहरू थुप्रैछन्।

जचौरी कुलो कत्रो दूरदर्शिता ?
सत्यमोहन जोशी, डा बिहारीकृष्ण श्रेष्ठ, स्थिर जङ्गबहादुर सिंह, चूडामणि बन्धु र प्रदीप रिमालको टोलीले ५० दिनसम्म सिँजा क्षेत्रमै बसी त्यहाँको भाषा, संस्कृति, सभ्यता, कला जस्ता सांस्कृतिक पक्षको यथासम्भव गहिरो अध्ययन ग¥यो। त्यो अध्ययनको निष्कर्ष ‘कर्णालीको लोक संस्कृति’ले २०२८ सालको मदन पुरस्कार नै पायो। त्यसपछि पनि समाजशास्त्री डा. बिहारीकृष्ण श्रेष्ठ बारम्बार सिँजा गई सूक्ष्म समाजशास्त्रीय दृष्टिले हेरी पत्ता लगाए, कर्णाली सम्पन्न हुनुमा त्यहाँको अर्थतन्त्र बलियो हुनु पनि हो।

खोजीको क्रममा पत्ता लगाए कि  मलेरु राजाको पालामै ६०० वर्षअघि ‘जचौरी’ कुलो बनाइएको रहेछ। सिँचाइका लागि कत्रो दूरदृष्टि ? कुन इन्जिनियरिङ विधा प्रयोग भएको होला त्यतिबेला सिँजामा कुलो बनाउन ? त्यो कुलो शायद अहिलेसम्म पनि चलेजस्तो लाग्छ। कुलो पोखरी,तलाउ, धारा, मन्दिर वास्तवमा सभ्यता, सम्पन्नता र समृद्धिकालक्षण हुन् जुन जचौरी कुलो पनि एउटा नमुना हो।

बिहारीकृष्ण श्रेष्ठ २०२८ सालपछि पनि बेलाबेलामा सिँजा गई गहन अध्ययन गरेपछि यी तथ्य फेला परेका हुन्। वास्तवमा जचौरी कुलो त्यतिबेलाको निर्माण, विकास र समृद्धिको सुन्दर एवं आदर्श नमुना नै हो भन्दा अन्यथा नहोला। कत्रो दूरदर्शिता सिँजाको। त्यसबखत पनि नून त खानैपर्ने। नूनका निम्ति अन्नको जगेर्ना गर्नैपर्ने। अन्न फलाउन सिँचाइ नभई नहुने। उत्पादन र उत्पादकत्व वृद्धिका निम्ति पानी, बीऊ, मल आदि नभई नहुने। यो गुह्य कुरा बुझेको सिँजाले कति कुशाग्र बुद्धि हाम्रो पुर्खौली थलो सिँजाको। हवाईजहाजबाट चामल ल्याउने गलत काम पञ्चायती शासनले गर्न थालेपछि कर्णालीको आत्मनिर्भरताको उच्च उत्पादन संस्कृतिउपर प्रहार हुन थाल्यो। कर्णाली विपन्नतातर्फ ओर्लन लाग्यो।

क्यान्नु साप आँखा नाइँ
गोर्खाली राजाले कर्णाली राज्य कब्जा गरेपछि कर्णालीमा निराशाको भाव सिर्जियो। हुँदाहुँदा सर्वसाधारण जनतामा राज्यबाट आफूहरू उपेक्षित भएको अनुभूत हुन लाग्यो। हुम्लाका सर्वसाधारण पाथे जेठारा भन्ने व्यक्तिको ‘हामीकन न देश नेडा भया, न भोट नेडा भया’ (हाम्रा लागि न देश–राज्य–नजिक भयो, न भोट नजिक भयो), हामीलाई कसैले हेरेन भन्ने गुनासो हो यो। यसभित्र अति धेरै पीडा र वेदना अन्तर्घुलित छन्। उनले थोरै शब्दमा धेरै असन्तुष्टिव्यक्त गरेकाछन्।

कर्णालीका खासगरी गृहिणीहरूबाट बाहिरका सुकिला लुगा लगाएको नौलो मान्छे देख्नासाथ ‘हामी त गरिब खाना नाइँ’ भन्ने जस्ता विपन्नता पोखिने गरी कर्णालीको प्रतिष्ठामा कालो पोत्ने काम हुन लागेकोछ। यो प्रवृत्तिले कर्णालीलाई कहिल्यै माथि उठाउँदैन। यस्तो बानी हटाउने काम कर्णालीमा काम गर्ने सम्पूर्ण राजनीतिक पार्टी, समाजसेवी र शिक्षक वर्गको हो भन्ने लाग्छ।

एउटा अर्को कुरा कर्णालीको उत्तम लाग्छ। त्यो हो– अक्षर शिक्षाप्रति आशक्ति। निरक्षर मान्छे भन्छ ‘क्यान्नु साप आँखा नाइँ’ (के गर्नु साहेव आँखा छैन) वास्तवमा आँखा नभएको होइन। दुइटै आँखा राम्रा छन्। तर पढ्न जान्दैनन्, निरक्षर छन्। कति राम्रो प्रतीकात्मक अभिव्यक्ति ? अक्षरलाई आँखाको पर्याय बनाएका। यो चेतना वस्तुतः स्वाभिमानी कर्णालीको अन्तस्करणको व्यञ्जना हो अन्तध्र्वनि हो। सिँजा मुखतिर भएको हो। भाषा यथार्थमा अन्तर्वस्तु, बाह्यवस्तु तथा सामग्रीहरू, स्वरूप हुने र स्वरूप नहुने वस्तु, पदार्थ, कल्पना, भावनाहरूलाई बाहिर ल्याउने अद्वितीय माध्यममात्र हो। तर भाषा भएन भने केही पनि हुँदैन।

तसर्थ एउटा दृष्टिबाट सबैथोक हो, अर्को दृष्टिबाट केही पनि होइन। तर सिँजा नेपाली भाषा जन्मेको सम्मान्य थलो हो। जचौरी कुलो कर्णालीको गौरवपूर्ण निधि हो। यसको पुनःस्थापना, संरक्षण र जीवन्तता जरुरी छ। आजको कृषि विज्ञानले पानीलाई उच्च स्थानमा राखेकोछ। सिँजाका फाँटका फाँट खेतलाई बाह्रै महिना बाह्रै काल पर्याप्त सिँचाइको व्यवस्था आजको आवश्यकता हो।

मिनी कर्णाली
सिँजा महोत्सवहरू बेलाबेलामा आयोजना हुनुपर्छ। कर्णालीका खस राज्यहरूका २८७ वर्षभन्दा घिका वस्तुहरू रहेको कर्णालीको झलकको रसास्वादन गर्न साँगा भञ्ज्याङ पुगेहुन्छ। त्यहाँको फनपार्कमा जुम्ली गोविन्द नेपाली सार्कीको एकल प्रयासमा स्थापित कर्णाली संग्रहालय अवलोकन गर्दा मिनी कर्णाली पुगेको अनुभव हुन्छ।

सो संग्रहालयलाई खस भाषामा ‘ढुकुरी’ भनिँदो रहेछ। कर्णालीबासीहरू साहूको गलैँचा घर घर डुलाइ बेची पेट पाल्छन्, शिलाजीत, गुच्चीच्याउ, यार्सागुम्बु जस्ता कर्णालीका अनेकौँ जडीबुटी बेचेर जीविका चलाउँछन् तर मागेर खाँदैनन्। यो हो सिँजा सभ्यता, संस्कार र संस्कृतिले सिकाएको आचरण र व्यवहार।








यसमा तपाईको मत

अन्य समाचार

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

आइएमई लाइफको सभा

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad