१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पाहुना टोली सिक्किम क्वार्टरफाइनलमा प्रवेश

झापा – पाहुना टोली एफसी सिक्किमले झापाको डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमा आयोजक जायोन स्पोर्ट्स क्लबलाई ५–२ गोलले पराजित गर्दै सिक्किम क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

सिक्किमका लागि दुवै गोल करण राईले गरेका थिए। आक्रामक खेलमा सिक्किमका करण राईले खेलको २९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। विपक्षी गोलपोस्टमा आयोजकले धेरै आक्रमण बुने पनि गोल भने गर्न सकेन।

आयोजकका गोलरक्षक अभिषेक रिजालको हातबाट फुत्केको रिबाउन्ड बललाई करणले गोल गरेका थिए। पहिलो हाफमा १–० गोलको नतिजामा टुंगिए पनि दोस्रो हाफमा आयोजकको गोलपोस्टमा गोलवर्षा भयो। दोस्रो हाफको ६ मिनेटमै थप गोल गरेर सिक्किमका करण राईले उत्कृष्ट प्रदर्शन देखाए। करणको आक्रमणलाई आयोजकका गोलरक्षक अभिषेक रिजालले रोक्नै सकेनन्। 

२–० गोलले पछिपरेको अवस्थामा आयोजकले खेलको १५औं मिनेटमा गोल गर्न सफल भयो। आयोजकका तपन कार्कीले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। खेलमा आयोजकले सिक्किमको गोल पोस्टमा थुप्रै आक्रमण बुने पनि गोलरक्षक मनोज प्रधान बिफल तुल्याइदिए। 

सिक्किमका गणेश लिम्बुले खेलको ३८औं मिनेटमा गोल गर्दै ३–१ गोलको फराकिलो नतिजा बनाउन सफल भए। करण राईले खेलको ४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। 

४–१ गोलको फराकिलो नतिजामा आयोजकका टंकु लामाले गोल गरेर दूरी कम गर्ने प्रयास गरे पनि जितका लागि सम्भव भएन। इन्जुरी समयमा सिक्किमका करण राईले थप गोल गर्दै व्यक्तिगत चार गोल गर्न सफल भए। खेलको म्यान अफ दी म्याच सिक्किमका करण राई घोषित भए। उनले नगद १० हजार रुपैयाँ पाए। जायोन स्पोटर््स क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टोली सहभागी छन्। 

आइतबार झापा–११ एफसीले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ। विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ। गोल्डकपको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए। 

प्रकाशित: १७ कार्तिक २०७६ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App