'एकताको प्रतीक छठ'

आइतबार, १७ कार्तिक २०७६, ०८ : ०८ नागरिक

मकवानपुर – प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालीको एकताको प्रतीकको रूपमा छठ पर्व रहेको बताएका छन्। हेटौंडा–१० स्थित राप्ती खोला किनारमा आयोजित सामूहिक छठ पूजाको उद्घाटनका क्रममा उनले छठ पर्व मधेसीको मात्र नभई सबै नेपालीको साझा पर्व भएको बताए।

‘छठ पर्व मधेसीको मात्र नभई आम नेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको छ,’ उनले भने। छठ पर्वले हिमाल, पहाड र तराई एउटै भएकोे सन्देश दिएको भन्दै उनले कुनै जाति, धर्म र सम्प्रदाय विशेष नभई छठ सिंगो नेपालीको साझा चाड भएको जिकिर गरे।‘छठलाई साझा पर्वको रूपमा मनाउन सके मात्रै हामीले गरेका समृद्धिका कुराहरू अक्षरशः पालना गर्न सक्छौं,’ उनले भने, ‘यो पर्व मनाउनेको संख्या देशभर धेरै छन्, सबैले साझा पर्व छठ हो भनेर अनुभूति गरिसके।’

प्रदेश सरकार जातीय विशेषको नभई साझा नेपालीको सरकार भएको अनुभूति दिने दाबी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको सर्वाङ्गीण विकासले गति लिइरहेको पनि बताए। राप्ती क्षेत्रलाई तटबन्धन गरी त्यस क्षेत्रको विकासमा लागि पहल गरिरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाली जनताको समृद्धिको सपनालाई पूरा गर्न छठ पर्वले सबैमा प्रेरणा दियोस्, यही शुभकामना छ।’

राप्ती खोलाकिनारमा छ सय लम्बाई र २० फिट चौडाईको निर्माण गरिएको पण्डालमा एक लाखभन्दा बढीले सहभागिता जनाएको छठ पूजा समारोह समिति, हेटौंडाका संयोजक सुशीलप्रसाद सेनुरिया बानियाँले बताए।





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad