७ वैशाख २०८१ शुक्रबार
समाज

छठले हलेसी पनि भरिभराउ

खोटाङ – तराईमा धुमधामकासाथ छठ मनाइरहँदा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा पनि दर्शनार्थीको भीडभाड बढेको छ। शनिबार स्वतः बिदा तथा आइतबार पनि छठको अवसरमा सार्वजनिक बिदा दिइएकाले हलेसीमा दर्शनार्थीको भीड बढेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए।

हलेसीमा शनिबार बिहान पाँच बजेदेखि आठ बजेसम्म दर्शनार्थीको भिड बढी देखिएको छ। दिउँसो पनि दर्शनार्थी आउने जाने क्रम जारी रहेको वडाध्यक्ष राईले बताए।

‘हरेक शनिबार हलेसीमा दर्शनार्थीको बढी भिड लाग्ने गरेको छ। तर छठको कारण अन्य शनिबारको तुलनामा आज दर्शनार्थीको भीड बढी देखिएको छ,’ वडाध्यक्ष राईले भने, ‘आइतबार पनि छठको बिदा परेकाले हुनसक्छ अन्य दिनको तुलनामा दर्शनार्थीको बाक्लो भीड देखिएको छ।’ हलेसीमा दर्शन गर्न आएका दर्शनार्थीले बिहान घण्टौं लाइनमा बसेर दर्शन गरेर फर्किएका छन्। छठको बिदाइको अवसर पारेर तराईका भन्दा बढी काठमाडौंबाट दर्शनार्थी हलेसी आएका छन्। छठ मनाउन व्यस्त भएकाले तराईका दर्शनार्थी भने हलेसीमा कम देखिएका छन्।

हलेसीमा दर्शन एवं भ्रमणका लागि नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायत ठाउँबाट दर्शनार्थी आउने गरेका छन्। सडकको सहज पहुँचसँगै हलेसीमा गाडी रिजर्भ गरेर दर्शन गर्न आउने बढी देखिन्छन्। कतिपय दर्शनार्थी हेलिकोप्टरबाट समेत हलेसी आउने गरेका छन्।

प्रकाशित: १७ कार्तिक २०७६ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App