शुल्क फिर्ता माग्दा मेडिकल कलेजले धकेलेर बाहिर निकालेपछि विद्यार्थी आन्दोलित

शनिबार, १६ कार्तिक २०७६, २१ : ०७ मोहम्मद हबिब

भैरहवा– भैरहवामा अवस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी अन्दोलित बनेका छन्।

कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ताको माग गर्दै बिहीबारदेखि अध्यननरत विद्यार्थीहरुले  कलेजको मुख्य प्रवेशद्वारमा धर्ना बसी आन्दोलन गरेका हुन। सरकारले एक महिनाअघि त्रिभुवन विश्वविद्यालयले तोकेभन्दा बढी पैसा लिएको भए फिर्ता दिन निर्देशन गरे पनि, रकम फिर्ता गर्न मेडिकल कलेजले आनाकानी गरिरहेकोले आन्दोलन गरेको अध्यननरत विद्यार्थीहरुले बताए।

हामीले केही दिनअघि मेडिकल कलेजले अवैधानिक रुपमा असुलेको शुल्क फिर्ता गर्न माग गर्दै त्रिविमा निवेदन दर्ता गरेका थियौँ। त्रिविमा निवेदन दिएको दस दिन बित्दा पनि कलेज प्रशासनले पैसा फिर्ता गर्न चासो नदेखाएपछि बाध्य भएर आन्दोलन सुरु गरेका हौ– अध्ययनरत विद्यार्थीले नागरिक न्यूजलाई भने।

पहिला कलेज प्रशासनलाई वैधानिक शुल्क फिर्ता गराइदिन भनि ज्ञापन पत्र बुझाउन गए पनि कलेज प्रशासनले बुझन नमानेपछि विद्यार्थीहरूले बिहीबार नै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए। दोस्रो दिन पनि विद्यार्थीहरुले कलेज प्रशासनलाई माग सहितको ज्ञापन पत्र बुझउन खोज्दा विद्यार्थीहरु माथि कलेजले सुरक्षाकर्मी खटाई धकेलेर बाहिर पठाएको विद्यार्थीले बताएका छन्। अहिले पनि विद्यार्थीहरुले मुल गेटमा निरन्तर धर्ना बस्दै आएका छन्। आज शनिबार पनि मुल गेटमा सबै तहका विद्यार्थी धर्ना बस्ने, इन्टर्न गरिरहेका विद्यार्थी डाकटरहरु पनि एक घन्टा धर्ना बस्ने र इन्टर्नहरुले हातमा कालो पट्टी बाधेर काम गर्ने लगायतको आन्दोलनको कार्यक्रम रहेको विद्यार्थीहरुले बताए। 

‘अहिले हामी सबै तहका विद्यार्थीहरु आन्दोलित छौँ, प्रत्येक विद्यार्थीहरुबाट १० लाख भन्दा बढी रकम मेडिकल कलेजले असुल गरेको छ, परिक्षा शुल्क २५ सय तोकेकोमा १० हजारसम्म लिइरहेका छन भने पढाई भ्याएर इन्टर्न गरिरहेका विद्यार्थीलाई पनि कलेज प्रशासनले मासिक ९ हजार मात्र दिइएको छ। आइओ एमले तोकेको रकम भन्दा आधा पारिश्रमिक मेडिकल कलेजले दिइरहेको छ जुन एकदमै न्यून हो’, एक विद्यार्थीले भने ।

यता प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले सरकारले निर्णय गरिसकेकोले तोकेभन्दा बढी रकम लिएको भए पैसा फिर्ता गराउन सहयोग गर्नेे बताए। ‘विद्यार्थीहरुले परीक्षा सार्नको लागि बोधार्थ निवेदन दिनु भएको छ, परिक्षा सार्ने काम जिल्ला प्रशासनको होइन। रकम बढि लिइएको हो भन्ने विषयमा भने कहा कहाँ बढि रकम लिइएको छ, प्रमाणसहित आए सरोकारवाला निकायबीच छलफल गराउन प्रशासन तयार छ’, प्रमुख जिल्ला अधिकारी पन्थले भने। 

रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले विद्यार्थीहरुले गेटमा धर्ना बसेर एम्बुलेन्सलगायतका अत्यावश्यक साधन रोक्न खोज्दा सामान्य धकेलाधकल मात्रै भएको बताए। प्रहरीले सो कलेजका विद्यार्थीमाथि लाठीचार्ज नभएको दाबी गरेको छ।

मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङ्गले भने विद्यार्थीहरु माथी लाठी चार्ज भएको कुरा यथार्थ नरहेको बताए। ‘मुल गेट नै अवरुद्ध गरेर विद्यार्थीले उपचार गर्न जाने विरामीलाई केहीबेर रोकेकोले प्रहरीले विद्यार्थीहरुलाई हटाएको हो। उनले समस्या समाधानका लागि अस्पताल प्रशासन छलफल गर्न तयार छ। विद्यार्धीहरु छलफलमा आउन मानेका छैनन। आन्दोलनका धेरै मागहरु नेपाल सरकारसँग सम्बन्धित भएकोले कलेजले गर्न सक्ने अधिकार छैन, स्थानीय र कलेजका सम्बन्धित मुद्दाहरुको विषयमा कलेजले प्रतिनिधित्वको हिसाबले बोलाएको छ, विद्यार्थी आउनै मानेका छैनन्’, जनसम्पर्क अधिकृत गुरुङ्गले भने।








यसमा तपाईको मत

अन्य समाचार

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

Ncell Footer Ad