coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पाँच विद्यालय क्वाटर फाइनलमा

सिन्धुपाल्चोक- प्रथम नेपाल–हिल्फे कप जिल्लास्तरीय खुला छात्रा भलिबल प्रतियोगिताको अन्तिम आठमा विभिन्न पाँच विद्यालयले स्थान सुरक्षित गरेका छन्।

ईर्खु मावि ईर्खु, राजेश्वरी मावि सिपापोखरे, सरस्वती मावि ग्याल्थुम, सिद्धिगणेश मावि सानोसिरुवारी र सेतीदेवी पञ्चकन्या मावि कुबिण्डे आ–आफ्ना प्रतिस्पर्धी विद्यालयहलाई पराजित गर्दै क्वाटर फाइलनमा प्रवेश गरेका हुन्। ईर्खुले रामदेवी मावि जलकिने, राजेश्वरीले ज्ञानमन्दिर नमूना मावि मेलचौर, सरस्वतीले सेतीदेवी मावि ठूलोसिरुवारी, सिद्धिगणेशले कालीदेवी मावि कदमवास र सेतीदेवी पञ्चकन्याले रामदेवीलाई हराएका थिए।

शुक्रबारदेखि सुरु प्रतियोगिता अन्तर्गत शनिबार समूह चरणका नौ खेल भएका थिए। आइतबार तीन खेलपछि क्वाटर फाइलन समिकरण पूरा हुनेछ। सेमिफाइनल प्रवेशका लागि आइतबारदेखि नै क्वाटर फाइनलका खेल सुरु हुने आयोजकले जनाएको छ। ईर्खु स्पोर्ट्स क्लवको आयोजनामा चौतारा–साँगाचोकगढी नगरपालिका–८, ईर्खुमा सञ्चालित प्रतियोगिता अन्तर्गत मंगलबारसम्म भलिबल खेलाइने छ। विभिन्न १२ विद्यालयले भलिबल प्रतियोगितामा भाग लिएका थिए।

त्यसपछि चौतारा नगरस्तरीय खुला पुरुष फुटबल प्रतियोगिता आरम्भ हुने आयोजक क्लबले जानकारी दिएको छ। नगरभित्रका २८ टीमले फुलबल प्रतियोगितामा भाग लिएका छन्। चौताराका मेयर अमानसिं तामाङले प्रतियोगिताको उद्घाटन गरेका थिए। कात्तिक २५ गतेसम्म ११ दिन चल्ने प्रतियोगिताको दुबै बिधाका बिजेताले ट्रफीका साथ नगद ५० हजार र उपबिजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा तेस्रो हुने टोलीले १२ हजार पाँच सय रुपैयाँ नगद पुरस्कार हात पार्ने छन्।

दुबै प्रतियोगिताका प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको ट्रफीको व्यवस्था गरिएको छ। प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई विभिन्न बिधामा व्यक्तिगत पुरस्कार दिइने छ। आयोजक क्लबले यसअघि शुभ दीपावली कपको नाममा प्रतियोगिता खेलाउँदै आएको थियो। गत वर्ष शुभ दीपावली कपको आठौँ संस्करण पूरा भएको थियो।

‘यो प्रतियोगिता दीपावली कपकै निरन्तरता हो,’ क्लबका अध्यक्ष प्रकाश दङ्गालले भने। नेपाल-हिल्फे वालिङग्रिस नामक जर्मन संस्थाले ईर्खु माविको विद्यालय भवन निर्माण गर्नुका साथै अन्य सामाजिक काममा सघाउँदै आएको छ। दाता संस्थाको सम्मानमा यो पटकदेखि प्रतियोगितालाई अझ ठूलो बनाउँदै नयाँ स्वरुपमा अघि बढाएको उनले जानकारी दिए।

प्रतियोगितालाई मध्यनजर गर्दै क्बलले आफ्नै अगुवाईमा यसै वर्षमात्र फुटबल मैदानसमेत निर्माण गरेको थियो। सोही मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको हो।

प्रकाशित: १६ कार्तिक २०७६ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App