७ वैशाख २०८१ शुक्रबार
समाज

विष सेवनबाट श्रीमतीको मृत्यु श्रीमान् अस्पतालमा

डडेल्धुरा—डडेल्धुराको चिपुर गाविसका एक वृद्ध दम्पतीले विष सेवन गर्दा श्रीमतीको मृत्यु भएको छ। छोराबुहारीको सधैँको कचकच सहन नसक्दा चिपुर वडा नं २ का ६५ वर्षीय शङ्कर भट्ट र उनकी श्रीमती ५५ वर्षीया धनादेवी भट्टले बुधबार साँझ विष सेवन गरेको प्रहरीले जनाएको छ।

विष सेवनबाट धनादेवीको मृत्यु भइसकेको छ भने उनका श्रीमान शङ्करको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ। घरमा छोराबुहारीसँगको मनमुटावपछि वृद्ध दम्पतीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

छोराबुहारीले सधैँ मानसिक यातना दिने गरेका कारणले विष सेवन गरेको उपचारमा रहेका शङ्करले बताएको कुरा उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ। उनीहरुले मुसा मार्ने आषधि र नोभान नामक विषादी डिस्टिल वाटरमा मिसाएर सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका मुद्दाफाँटका प्रहरी नायब निरीक्षक करवीर ऐरले जानकारी दिए। पछिल्लो समयमा डडेल्धुरामा आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ। रासस

प्रकाशित: १६ असार २०७३ १३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App