coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाँच राउण्ड गोलीसहित विप्लव कार्यकर्ता पक्राउ

सोलुखुम्बु- सोलुखुम्बुको सोताङबाट विप्लव माओबादीका एक कार्यकर्तालाई गोलीलगायतका सामाग्रीसहित प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार विप्लव माओबादीको नामबाट अपरचित व्यक्तिले फोनबाट धम्की दिदै जनप्रतिनिधि र स्थानीय व्यापारीहरुबाट चन्दा उठाउने गरेको सुराकीको आधारमा ईलाका प्रहरी चौकी सोताङ र प्रहरी चौकी पावैबाट परिचालित प्रहरीको संयुक्त टोलीले सोताङ गाउँपालिका १ को जंगलमा चेकजाँच गर्दैगर्दा महाकुलुङ गाउँपालिका १ बुङकाङिमा शेर्पा पक्राउ गरेका हुन्। गस्तीमा रहेका प्रहरीलाई देखेपछि भागेका शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

चेकजाँचको क्रममा उनको झोलाबाट ५ थान गोली, २ थान मोबाईल, विभिन्न व्यक्तिको नाम र फोन नम्बर भएको नोटबुक एक थान, एनटिसीका ८ थान सिमकार्ड फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए। चन्दा लिन आउने दिन र शेर्पाको हुलिया र उनले लगाएको पोशाक समेत गोप्य सूचना पाएपछि सोताङ, नेले, पावै, जुबु लगायतका प्रहरीलाई परीचालन गरिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पक्राउ परेका शेर्पा पुर्व माओबादी छापामार र हाल विप्लव माओबादीको कार्यकर्ता रहेको पत्ता लागेको प्रहरीले जनाएको छ। शेर्पा माथी थप अनुसन्धान भईरहेको छ।

प्रकाशित: १६ कार्तिक २०७६ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App