coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्वास्थ्य संस्थामै सुत्केरीको मृत्यु

बाजुरा- त्रिवेणी नगरपालिका स्थित छतारा स्वास्थ्य चौकीमा सुत्केरीको ज्यान गएको छ।

सुत्केरी भएको ६ घण्टा पछि छतारा स्वास्थ्य चौकी मै ३७ वर्षकी रेजीया नेपालीको मृत्यु भएको अनमी सुमित्रा पाध्यायले बताएकी छन्। त्रिवेणी नगरपालिका १ छतारा बिशाल बजार बस्ने रेजीया नेपाली चौथो सन्तान जन्माउन स्वास्थ्य संस्था पुगेकी थिईन्। सन्तान पाएको ६ घण्टापछि बेहोस भएर मृत्यु भएको सुत्केरी अनमी पाध्यायको भनाई छ। घरबाट स्वास्थ्य संस्था ल्याएको २ मिनेटमै बच्चा जन्माएकी हुन्।

अवस्था सामान्य नै थियो, ११ बजेर २ मिनेटमा स्ट्रेचरमा राखेर आफन्तले स्वास्थ्य चौकी पुर्‍याएका हुन्, बेडमा लिन नपाउँदै बच्चा जन्माएकी हुन्, साढे चार बजेसम्म अवस्था राम्रै थियो, विहान ५ बजेपछि एकाएक बेहोस भएर ज्यान गएको हो, सुत्केरी गराउनमा संलग्न रहेकी अनमी पाध्यायले बताईन्।

विहान एक गिलास दुध र विस्कुट खाईन्, बच्चालाई दुध खुवाईन्, त्यसको आधा घण्टा पछि बेहोस भएर मृत्यु भएको स्वास्थ्य चौकीको भनाई छ। शरिरमा रगतको मात्रा निकै कम थियो, बीचमा दुर्घटनामा पनि परेकी थिईन्, कमजोरीकै कारण बेहोस भएको हुन सक्ने स्वास्थ्यकर्मीको भनाई छ।

नेपाली गर्भावस्था हुँदा नै जीप दुर्घटनामा परेकी थिईन्। स्वास्थ्य चौकीमा जाँच गराउन आउँदा अछामको बयालगडा रिफर गरेर बीचमा उपचार पनि गरेकी थिईन्, शरिरमा रगतको मात्रा कमी भएर नै कमजोरीले ज्यान गएको हुन सक्ने त्रिवेणी स्वास्थ्य शाखा संयोजक चिरञ्जीवी शाहको भनाई छ। तर मृत्युको कारण यही हो भनेर भन्न सक्ने अवस्था नरहेको शाहले थपे।

सामान्य अवस्थामा सुत्केरी भएकोले थप उपचार र विकल्प खोज्ने अवस्था नै थिएन्, परिवारका आफन्तहरुसँग राम्रो कुराकानी पनि भएको हो, उनका श्रीमान चंख नेपाली सहित आफन्तहरु पनि सँगै थिए, अनमी पाध्यायले भनिन्। नेपालीबाट जन्मेको बच्चा भने जीवीत छ।

गम्भीर अवस्था नै नदेखिएकोले रिफर गर्ने र प्रदेश सरकार तथा राष्ट्रपति उद्दार सहयोग कार्यक्रमलाई गुहारेर हेलिकप्टर ल्याउने समय नै नरहेको देखिएको छ। जिल्लाबाट यस अघि ५ जना सुत्केरीको हेलिकप्टरबाटै उद्दार गरेर ज्यान बचाइएको छ।

नियमित स्वास्थ्य जाँच नगर्ने र स्वास्थ्यकर्मीको परामर्श पनि नलिने गरेका कारण जिल्लामा सुत्केरीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्य छ। स्वास्थ्य संस्था नजिक नहुँदा पनि सुत्केरीलाई नियमित गर्भजाँच र सुत्केरी गराउन समस्या हुने गरेको छ।  

प्रकाशित: १६ कार्तिक २०७६ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App